सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

द एभरेष्ट पोष्ट
२७ असार २०८२ १४:०९
सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

काठमाडौं ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गुरुयोजना तयार नगरी मिलेमतोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरीद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आरोपपत्रमा पौडेल, श्रेष्ठसहित केन्द्रका सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रालि र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

१५ करोड ८८ लाख ५० हजार रुपैयाँ अनियमितता भएकोले सोही बराबर बिगो माग गरि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस