गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक

द एभरेष्ट पोष्ट
२४ असार २०८२ १२:०६
गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक

काठमाडौं : भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ।

मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको संयुक्त बैठक बस्ने गृह मन्त्रालयले जनाएको हाे ।

बाढीका कारण नेपाल–चीन सीमा नाका मितेरी पुल बगाएको छ भने ३ प्रहरीसहित १८ जना बेपत्ता भएका छन्।बाढीमा ३ प्रहरी, ९ नेपाली नागरिक र ६ चिनियाँ नागरिक हराइरहेका छन्।

बाढीले गोसाइँकुण्ड–२ स्थित ईभी चार्जिङ स्टेशनमा रहेका ७–८ वटा गाडी बगाएको छ। साथै, रसुवा भन्सारको यार्ड र रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि ठूलो क्षति पुगेको छ। सुरक्षा निकाय र उद्दार टोली घटनास्थलमा परिचालन गरिएको छ।

विपद् व्यवस्थापन तथा राहत वितरणबारे छलफल गर्न बैठक आह्वान गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस