‘तिब्बत क्षेत्रबाट एक्कासि बाढी आयो, जल मापन केन्द्र नै बगायो’

द एभरेष्ट पोष्ट
२४ असार २०८२ ११:४०
‘तिब्बत क्षेत्रबाट एक्कासि बाढी आयो, जल मापन केन्द्र नै बगायो’

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलवार बिहान ३ बजे आसपास रसुवास्थित भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी आएको जनाएको छ ।

रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित रहेको जलविद्युत आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिएको महाशाखाले सार्वजनिक गरेका प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल रहेको विभागको स्याप्रेबेसी स्वचालित केन्द्रमा बिहान ३ः३० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार उक्त मापन केन्द्र नै बाढीले बगाएका कारण तथ्याङ्क सम्प्रेषण बन्द भएको हो ।

महाशाखाले प्रारम्भिक अध्ययनअनुसार हिमताल फुटेर एकाएक बाढी आएको हुनसक्ने आकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस