भोटेकोसीमा आएको बाढीले बगाउँदा सुख्खा बन्दरगाहमा रहेका ११ जना बेपत्ता
काठ्माण्डौँ- भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्।
आज बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
‘रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका गाडीमा रहेका ११ जना बाढीमा बेपत्ता भएको खबर आएको छ,’ उनले नेपालखबरसँग भने, ‘हामी बाढीमा फसेका र बेपत्ता भएका मानिसहरुको उद्धार र खोजी मा लागेका छौँ। क्षतिकाे विवरण संकलनको काम हुँदैछ।’
भाेटेकाेसीमा सानाे बाढी साेमबारदेखि नै आएको स्थानीयले बताएका छन्। आज बिहान एक्कासी आएकाे ठूलाे बाढीले मानवीय र भाैतिक क्षति गरेकाे हाे।
स्थानीयका अनुसार रसुवागढी सुख्खा बन्दरगाहमाथि चारवटा हिमताल छन्। ती मध्ये कुनै ताल फुट्दा बाढी आएकाे हुनसक्ने अनुमान पनि स्थानीयले गरेका छन्।
