गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री बीच भेटवार्ता

द एभरेष्ट पोष्ट
२३ असार २०८२ १६:२३
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री बीच भेटवार्ता

काठ्माण्डौँ- गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिससहितको प्रतिनिधिमण्डलले सोमबार भेटवार्ता गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको मित्रवत् सम्बन्ध, नेपालको विकास निमार्ण र शान्ति प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए ।

‘भेटमा दुई देशको विकास, आर्थिक मुद्दाहरूमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ’, प्रवक्ता तिवारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस