पालिकामा दमकल नहुदा बाजुराको बाम्का बजार आगालागीबाट करोडौको क्षति

द एभरेष्ट पोष्ट
२५ जेठ २०८२ १०:००
पालिकामा दमकल नहुदा बाजुराको बाम्का बजार आगालागीबाट करोडौको क्षति

धनगढी, २३ जेठ । शक्रुवार दिउँसो सिलिण्डर ग्याँस पडकिएर फैलिएको आगोको लक्पाले बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजार हेर्दा हर्दै खरानी भयो । स्थानीय बुढीगंगा नगरपालिकामा दमकल नहुदा समयमा आगो निभाउन नसकिदा हेदाहेर्दै पसलहरु आगोको मुस्लोमा ढाकिए । व्यवसायीहरुलाई सामान र पसल जोगाउने भन्दा ज्यान जोगाउने चिन्ता भयो ।

दिउँसो ३ बजे नवदुर्गा होटेलमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पडकिएर फैलिएको आगो निभाउने स्थानीयले भरमग्धुर प्रयत्न गरेपनि जोगाउन सकेनन् । झण्डै पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा आएको आगोले २० भन्दा बढि पसल पूर्ण रुपमा खरानी भईसकेका थिए ।

दमकल नभएपछि आगो नियन्त्रणमा लिन स्थानीय पालिकाले डोजर र ट्यांकरको प्रयोग गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरीको टोलीलाई आगो नियन्त्रणका लागि परिचालन गरेको थियो । प्रहरीले क्षतिको विवरण लिईरहेको छ ।

प्रहरीले ४० वटा पसलमा आगोले क्षति पुर्याएको र २० भन्दा बढ पसल पूर्ण रुपमा जलेर नष्ट भएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस