अमेरिकाको भर्जिनियामा एकै परिवारका चार जना मृत फेला

भर्जिनिया (अमेरिका), ६ जुन ।
अमेरिकाको भर्जिनियाको मनाससमा एकै परिवारका चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् ।
मनाससपार्क प्रहरीका अनुसार मृत फेला पर्नेहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेका छन् छन्। घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरु विहीवार मृत अवस्थामा फेला परेका हुन् ।
घरधनीको आग्रहमा विहीबार राति लगभग १०ः ४० बजे घरको तल्लो तलामा रहेकाहरुको अवस्था बुझ्न जादा चारै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा एक हतियार पनि फेला परेको छ।
प्रहरीले मृत व्यक्तिहरूको अव पोष्टमार्टमका लागि मनेसास शहरको मेडिकल एक्जामिनर कार्यालयमा पठाएको छ।