गृहमन्त्रीमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय

द एभरेष्ट पोष्ट
२४ जेठ २०८२ १५:३८
गृहमन्त्रीमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय

काठमाडौँ- प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ। शुक्रबार बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्डुको नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बताए।

“गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको छ, “उनले भने, “यसबारे कांग्रेससहितका सबै दलसँग छलफल गर्ने कुरा पनि भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस