युवा संघको सचिवमा कैलाली अरुणको बलियो दाबी, जितिरहेका छन् युवाको मन

द एभरेष्ट पोष्ट
१२ जेठ २०८२ १५:५५
युवा संघको सचिवमा कैलाली अरुणको बलियो दाबी, जितिरहेका छन् युवाको मन

धनगढी । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनले देशभरका युवाहरूको ध्यान तान्न सफल भएको छ। प्रतिनिधिहरूको उल्लेख्य सहभागिता, उत्साह र प्रतिस्पर्धात्मक माहोलले महाधिवेशन एक निर्णायक मोडमा प्रवेश गरेको छ।

युवा संघको महाधिवेशनमा देशभरका पालिका, जिल्ला र प्रदेशस्तरबाट १ हजार ८३६ जना प्रतिनिधि सहभागी भएका छन्। महाधिवेशनको मूल आकर्षण बनेका छन् सुदूरपश्चिमबाट केन्द्रीय सचिव पदका उम्मेदवार अरुण कुँवर । सुदूरपश्चिम प्रदेशका युवाहरूको नेतृत्व गर्दै केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएका अरुण कुँवरले संगठनभित्र मात्रै होइन, देशभरका युवाहरूको मन जित्दै आएका छन्।

निष्ठावान, जुझारु र स्पष्ट दृष्टिकोण बोकेका कुँवरले युवाहरूको भविष्य निर्माणमा आफ्नो संकल्प प्रस्तुत गर्दै आएका छन्। उनले भनेका छन्, “युवाहरूको शक्ति केवल नारामा सीमित हुनुहुन्न, अब युथ फोर्सलाई वर्क फोर्स बनाउँदै देश निर्माणको अगुवा बनाउने समय आएको छ।”

उनले युवाहरूका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको इतिहास रहेको उल्लेख गर्दै संगठनलाई नयां उचाइमा पुर्‍याउने अठोट दोहोर्‍याएका छन्। महाधिवेशन स्थलमा कुँवरको पक्षमा नाराबाजी र समर्थन देखिन थालेको छ। सचिव पदमा निर्वाचन नहुँदासर्वसम्मत हुने चर्चा छ । निर्वाचत हुँदा पनि अत्याधिक मतले जित्ने दाबी गर्छन्।

१ हजार ८३६ जना प्रतिनिधिहरूको उपस्थितिले पोखरालाई राजनीतिक र सांगठनिक बहसको केन्द्रमा पुर्‍याएको छ। युवाहरूको आवाज, नेतृत्वको अपेक्षा र भावी रणनीतिहरूको दिशानिर्देशन यस महाधिवेशनबाट हुने अपेक्षा गरिएको छ। महाधिवेशनमा नीति–निर्माण, सांगठनिक समायोजन, तथा भावी कार्यदिशा निर्धारणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरिने तयारी छ। यति धेरै युवा प्रतिनिधिको सहभागितासँगै यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई, समग्र युवा आन्दोलनको मार्गचित्र तय गर्ने अवसरका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस