कैलाली ५ बाट निर्वाचित सांसद चन्दले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिदैँ
धनगढी ४ असार / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा आनन्द चन्दले उम्मेदवारी दिने भएका छन् । आगामी आइतबार देखि मंगलबारसम्म (असार ७ देखि ९ गतेसम्म) चितवनमा हुने प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने चन्दले बताएका छन् । चन्द कैलाली–५ बाट गत निर्वाचनमा रास्वपाबाट निर्वाचित भएका थिए ।
चन्द जनस्वास्थ्यको क्षेत्रमा पनि कार्य गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष प्राध्यपान गरेका थिए । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी गरेका छन् ।
