यि हुन रास्वपा सुदूरपश्चिमका निर्वाचित पदाधिकारी
रञ्जना बिसी, कैलाली । धनगढीमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनले प्रकाश बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले प्रदेशको सांगठनिक संरचनालाई पूर्णता दिदैँ बिष्टलाई सभापतिमा निर्वाचित गरेको हो उनि सँगै आगामी कार्यकालका लागि अन्य पदाधिकारीहरुको पनि टुंगो लागेको छ।
नवनिर्वाचित प्रदेश कार्यसमितिको उपसभापति पदमा भोजराज जोशी निर्वाचित भएका छन् भने महामन्त्रीको जिम्मेवारी सन्तोष जोशीले प्राप्त गरेका छन्। त्यस्तै सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी गणेश बोहराले पाउँदा पार्टीको प्रदेश प्रवक्तामा तेज ठकुल्लालाई तोकिएको छ। समितिका नवनिर्वाचित पदाधिकारीहरूले प्रदेशभर पार्टीको नीति र एजेन्डालाई जनताको घरदैलोसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन्।
अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको स्थापना कालदेखि नै पुर्याएको योगदानको कदर गर्दै आगामी दिनमा सांगठनिक सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन्। नयाँ नेतृत्वले प्रदेशका नौवटै जिल्लामा कार्यकर्ताहरूबीच समन्वय बढाउने, स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र पार्टीको उपस्थितिलाई मजबुत बनाउने रणनीतिक योजना समेत बनाएको छ।
