बिहेको खर्च कटाएर शाहीले सञ्चालनमा ल्याए कुकुरको आश्रयस्थल

द एभरेष्ट पोष्ट
३ जेठ २०८२ १:२८
बिहेको खर्च कटाएर शाहीले सञ्चालनमा ल्याए कुकुरको आश्रयस्थल

धनगढी, जेठ १ गते ।

समाजमा सधै फरक काम गरेर छुट्टै पहिचान बनाएका गजेन्द्र शाहीले बुधवार एउटा पृथक अभियानको शुरुवात गरेका छन् । एक साताअघि बैबाहिक बन्धनमा बाधिएका शाहीले बिबाहको खर्च कटाएर जोगाएको रकमले सडकमा आश्रित कुकुरहरुसंगै चराहरुको आश्रयस्थल सञ्चालनमा ल्याएका छन् ।

हुन त उनी नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिका –५ का निर्वाचित वडाअध्यक्ष हुन् । तर राजनीतिभन्दा पनि यस्तै सामाजिक कार्यमा निरन्तर रुपमा संलग्न भएका कारण उनले पृथक पहिचान बनाएका छन् ।

पशुपञ्छी र जनावरलाई पनि बाँच्ने अधिकार छ । जो बोल्न सक्दैनन्, जो आफ्नो पीडा व्यक्त गर्न सक्दैनन्, उनीहरुको पीडा मान्छेले बुझ्नुपर्छ, शाहीले भने, यही भावनाले कुकुर र चराहरुको बासस्थल सञ्चालनमा ल्याएको हूँ ।

वडाध्यक्ष शाहीले आश्रयस्थलमा रहेको कुकुरलाई मानिसहरूले आफ्नो जन्मदिन वा अन्य शुभ अवसरको बेला खाना दिन सक्ने बताए । आश्रयस्थलमा कुकुरलाई खाना र पानीको व्यवस्था गरिएको छ । चराहरुको लागि गुड बनाईएको छ ।

लागुपदार्थ र दुव्र्यसनको अम्मलमा फसेका युवाहरुलाई समाजमा पुनस्र्थापित गर्दै आएका शाहीले गरीव तथा विपन्न परिवारलाई निशुल्क कपडा वितरण गर्न कपडा बैंक समेत सञ्चालन गर्दै आएका छन् ।

कोभिडको महामारीमा भारतबाट आएका व्यक्तिहरुसंगै काठमाण्डौंमा खान नपाएका व्यक्तिहरुका लागि निशुल्क खाना खुवाउने अभियान समेत सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस