राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे
काठमाडौँ । यही चैत्र १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सविन महर्जनको शव आफन्तले बुझेका छन् ।
कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो । यसअघि दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै शव लिन परिवारले अस्वीकार गर्दै आएको थियो ।तर, आज उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको जनाइएको छ ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका सहयोगी राजेन्द्र बानियाँले जानकारी दिएका छन् ।
ट्रेन्डिङ
सम्बन्धित
जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन
१८ कार्तिक २०८२ १४:४४
