डडेलधुराका सशस्त्र प्रहरीका जवानसहित दुईजना बेपत्ता

द एभरेष्ट पोष्ट
१७ जेठ २०८३ १३:३६
डडेलधुराका सशस्त्र प्रहरीका जवानसहित दुईजना बेपत्ता

अमरगढी । डडेलधुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरी बलका एक जवानसहित दुईजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत जवान ओमप्रकाश पुनमगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापामगर रहेका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार, शुक्रबार (जेठ १५) देखि सम्पर्कविहीन भएका उनीहरू नातामा मामाभान्जा हुन् ।

महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले त्यहाँ बगेको हुन सक्ने आशंकासहित खोजी सुरु गरिएको उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस