सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारलाई खबरदारी गर्न सभामुखको आग्रह

द एभरेष्ट पोष्ट
१६ जेठ २०८३ १४:५३
सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारलाई खबरदारी गर्न सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारलाई खबरदारी गर्न आग्रह गरेका छन् ।

सरकार गलत बाटोतर्फ अग्रसर नहोस् भन्नका लागि नागरिकले खबरदारी गर्नुपर्ने उनले बताए । सरकारलाई समयमै सचेत गराउन उनले आग्रह गरे । ”हाम्रै पालामा यो देशको भ्रष्टाचार अन्त्य गर्नुपर्छ, हामी हाम्रै पालामा यो देशमा सुशासन कायम गर्नुपर्छ । हाम्रा सन्तानहरूलाई यो देशमा राजनीति गरेर, नेतृत्वमा पुगेर देशलाई अझ हामीले खनेको बाटोलाई अझ राम्रो बनाउने जिम्मेवारी सुम्पिनुपर्नेछ,” उनले भने ।

उनले संविधान संशोधन तथा कानुन निर्माणबारे पनि सुझाव दिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस