एसियन गेम्स छनोट : मलेसियालाई नेपालले दियो १२७ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
१६ जेठ २०८३ १३:२५

काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियालाई १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको हो ।

कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाएर अविजित रहिन् । कविता कुँवरले १५ बलमा ३३ रन बनाइन् । १८ ओभरमा ९२-५ को अवस्थामा रहेको नेपालले अन्तिम २ ओभरमा ३४ रन जोड्‍यो ।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ तथा आइसा एलिसा र माहिरा इजातीले १-१ विकेट लिए ।

यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुनेछ । अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ ।

नेपाल पराजित भएमा पनि तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई हराएमा एसियन गेम्समा पुग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस