फास्ट ट्र्याक निर्माणका लागि सरकारले १७ अर्बभन्दा बढी बजेट छुट्यायो

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १७:२८
फास्ट ट्र्याक निर्माणका लागि सरकारले १७ अर्बभन्दा बढी बजेट छुट्यायो

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्गअन्तर्गत ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माणलाई तीव्रता दिइने जानकारी दिए ।

साथै, फास्ट ट्र्याकसँग जोडिने लिंक रोड निर्माण कार्य पनि सुरु गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस