सडक पूर्वाधार निर्माणको लागि करिब ३ खर्ब
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष पूर्वाधार निर्माणमा करिब तीन खर्ब छुट्टाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।
सडक र सहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि दुई खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।
