संसदमा हर्क साम्पाङको अनौठो माग– प्रधानमन्त्री नआउने हो भने मलाई निष्कासन गरिदिनुपर्‍यो !

द एभरेष्ट पोष्ट
१३ जेठ २०८३ ११:५९
संसदमा हर्क साम्पाङको अनौठो माग– प्रधानमन्त्री नआउने हो भने मलाई निष्कासन गरिदिनुपर्‍यो !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने हो भने आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामुखसँग माग गरे। यदि त्यसो गर्न नसकिने हो भने नियम ३१ को उपनियम ९१० प्रयोग गरेर आफूलाई सदनबाट निष्कासन गर्न उनको माग छ ।

साम्पाङले भने, ‘यहाँले प्रतिनिधिसभा नियमावलीको नियम १५ को ९२० अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को ९१० लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहुन माग गर्दछु।’

उनले कि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउनुपर्ने, होइन भने आफूलाई निष्कासन गर्नुपर्ने बताएका थिए। ुकि त १५९२० अनुसार प्रधानमन्त्रीलाई ल्याउनुपर्‍यो, होइन भने ३१९१० प्रयोग गरेर मलाई निष्कासन गरिदिनुपर्‍यो,ु उनले थपे ।

साम्पाङले प्रधानमन्त्री अनुपस्थित हुँदा सदनको गरिमा कायम हुन नसक्ने टिप्पणी पनि गरे। उनले आफू बदमास विद्यार्थीजस्तो देखिएको भन्दै अन्य सांसदहरू हाँसिरहेको प्रसंग उल्लेख गरे ।

सभामुखले बस्न आग्रह गरे पनि उनी अन्तिममा बैठक बहिष्कार गरेर बाहिर निस्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस