अर्थमन्त्री आउन ढिला गरेपछि संसद वैठक स्थगित

द एभरेष्ट पोष्ट
५ जेठ २०८३ १६:४४
अर्थमन्त्री आउन ढिला गरेपछि संसद वैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको वैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रममा विषयमा छलफलमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सदनमा आउन ढिला गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले वैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

त्यसअघि नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सदनको छलफलमा अर्थमन्त्री नआएसम्म आफूले नबोल्ने अडान दिएपछि सभामुखले वैठक स्थगित गरेका हुन् । सभामुखले एमाले सांसद राईलाई बोल्नका लागि समय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस