ओमानविरुद्ध दीपेन्द्रको अर्धशतक
काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ (सीडब्लूसी)मा नेपालका दीपेन्द्रसिंह ऐरीले ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५० बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ७ चौका प्रहार गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा दीपेन्द्रको यो सातौं अर्धशतक हो ।
ओमानले दिएको ३०६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । अहिले नेपालका लागि गुल्शन झा र दीपेन्द्रले ब्याटिङ गरिरहेका छन् ।
