यूएईविरुद्धको टी–२० शृखंला : पहिलो खेल खेल्दै नेपाल
काठमाडौं । नेपालले सोमबार युनाईटेड अरब इमिरेट्स (यूएई)विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृखंलाको पहिलो खेल खेल्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा हुनेछन् ।
एसोसिएट क्रिकेटको ‘एल–क्लासिको’ मानिने यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा साँझ ५ बजे हुनेछ । यो त्रिवि क्रिकेट रंगशालामा फ्ल्डलाइटमा हुने पहिलो टी–२० शृखंलासमेत हो ।
नेपाल र यूएईले दुई वर्षपछि रंगशालामा टी–२० खेल्न लागेका हुन् । यसअघि यी दुईले सन् २०२३ मा रंगशालामै त्रिदेशीय टी–२० शृखंला खेलेका थिए । यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लको पहिलो घरेलु खेलसमेत हो ।
शृखंलाको निम्ति क्यानले यसअघि नै तीन रिजर्भ खेलाडीसहित कप्तान दीपेन्द्र सिंह ऐरिको कप्तानी १८ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिसकेको छ ।
शृखंलाको दोस्रो खेल भोलि त्रिवि क्रिकेट रंगशालामै हुनेछ ।
शृखंलापछि नेपालले यूएई र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुवै टोलीसँग समान दुई खेल खेल्ने तालिका छ ।
