पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा छुटे
काठ्माण्डौ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिरी जमानीमा रिहा भएका छन्। लेखक नेपाल प्रहरीको नम्बर-२ सशस्त्र प्रहरी गणमा रहेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार लेखकलाई खोजेको बखत हाजिर हुने गरी पत्नी यशोदा लेखकको जिम्मा लगाएको हो।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बिहीबारभित्रै अनुसन्धान सम्पन्न नभएमा उनीहरूलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो।
