सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्यालले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ लिएका हुन्।
शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल,राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित छन्।
अर्याललाई आइतबार बिहान बसेको प्रतिनिधिसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो। बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननर्सिंह केसीले अर्याललाई प्रतिनिधिसभाको पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। सभामुखमा अर्यालको एकल उम्मेदवारी परेको थियो।
सभामुख घोषणा भएसँगै अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन्।
