आवेदन दिएकै दिन श्रम स्वीकृति आजैदेखि : विभाग

द एभरेष्ट पोष्ट
१६ चैत २०८२ १३:२४
आवेदन दिएकै दिन श्रम स्वीकृति आजैदेखि : विभाग

काठ्माण्डौ- वैदेशिक रोजगार विभागले अब आवेदन दिएकै दिन श्रम स्वीकृति दिने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन नै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो।

सोही आधारमा आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था अनुसार आजदेखि नै श्रम स्वीकृति दिन काम भइरहेको विभागले दाबी गरेको छ। विभागका सूचना अधिकारी विन्दा आचार्यले तोकिएको कागजात पेश भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने व्यवस्था गरिएको जानकारी दिइन्।

‘निकै छलफलपछि नै गरिएको निर्णय भएकाले कार्यान्वयनमा समस्या नहोला। आज पहिलो दिन हो, काम भइरहेको छ। बेलुकासम्म नतिजा आउँछ।,’ उनले भनिन्।   नागरिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस