बागमतीले पुलिसलाई दियो २६६ रनको लक्ष्य
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ मा बागमती प्रदेशले नेपाल पुलिसलाई २६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीको लागि पवन थापा र इशान पाण्डेले सम्हालिएको पारी खेले ।
पहिले ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा अलआउट हुँदै २६५ रन बनायो । बागमतीको लागि पवन थापाले सर्वाधिक ७९ रन बनाए । उनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले ८० बलमा ६ चौका र ३ छक्कासहित ७० रन बनाए । ओपनरद्वय आशुतोष घिरौया र शुभ कंशाकरले क्रमशः २२ र १४ रन बनाए ।
शिवम तिवारीले १२ रन, उत्तम मगरले २१ र कप्तान सन्दीप लामीछानेले १३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल पुलिस क्लबलका लागि बलिङ तर्फ रासिद खान र दिनेश खरेलले ३-३ विकेट लिए । करण केसीले २ र ललित राजवंशीले १ विकेट लिए । नेपाल पुलिस र बागमती दुवैको यो तेस्रो खेल हो। दुवै टोलीले १ जित र १ हार बेहोरेका छन् ।
