नयाँ सरकारले शपथअघि नवयुवा आन्दोलनजस्तो घटना दोहोरिन नदिने सङ्कल्प गरोस् : रक्षा बम

द एभरेष्ट पोष्ट
१ चैत २०८२ १६:४७
नयाँ सरकारले शपथअघि नवयुवा आन्दोलनजस्तो घटना दोहोरिन नदिने सङ्कल्प गरोस् : रक्षा बम

काठमाण्डौ- नवयुवा आन्दोलनकी अगुवा रक्षा बमले अब बन्ने सरकारले गएको भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छन् । आज माईतीघर मण्डलामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरिन् ।

अब बन्ने सरकारले शपथ लिनुअघि नवयुवा पुस्तासँग सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ । उनले राज्य शक्तिशाली भए पनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताइन् ।

बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन हुने बमले बताए । उनले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस