कैलाली -५मा रास्वपाको अग्रता कायमै
कैलाली । कैलाली ५ मा १२:३० सम्म को मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रस्थान कायमै राखेको छ।
१९६० मत गणना हुँदा रासोपाका आनन्दबहादुर चन्दले ९२२ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका नरनारायण शाहले २३२ मत, नेकपा एमालेका एकराज ढुङ्गानाले ४८३ मत र राप्रपाका रोशन शाहीले ३४ मत ल्याएका छन्।
कैलाली ५ सुदूरपश्चिमकै चर्चित निर्वाचन क्षेत्र हो। यो क्षेत्रमा एक लाख १०,५५९ मतदाता छन् भने ६६,११९ मत खसेको छ।
