बैतडीमा दिउँसो १ बजेसम्म खस्यो ३७ हजार मत
बैतडी । बैतडीमा दिउँसो १ बजेसम्म ३७ हजार मत खसेको छ ।
जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १ बजेसम्म बजेसम्म ३७ हजार २४७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् । जिल्लामा साम्तिपूर्ण तवरले मतदान भइरहेको छ ।
