कैलालीमा साढे १० बजेसम्म १४ प्रतिशत मतदान
धनगढी : कैलाली जिल्लामा जारी मतदानमा बिहान १०:३० बजेसम्म कुल १४ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका पाँचवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ। प्राप्त विवरण अनुसार कैलाली–१ मा ६.५१ प्रतिशत मतदान भएको छ।
उक्त क्षेत्रमा १०:३० बजेसम्म ७०६५ मत खसेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख ७८ हजार ४९१ रहेको छ। मतदानका लागि ४५ मतदान स्थल र १२६ मतदान केन्द्र तोकिएका छन्।
कैलाली–२ मा बिहान १०:३० बजेसम्म ७.५७ प्रतिशत मतदान भएको छ। यहाँ १०:३० बजेसम्म ७९६१ मत खसेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख ७ हजार ७५७ रहेको छ। मतदानका लागि ५१ मतदान स्थल र १२४ मतदान केन्द्र व्यवस्था गरिएको छ।
त्यस्तै कैलाली–३ मा सबैभन्दा बढी १०.०९ प्रतिशत मतदान भएको छ। यहाँ १०:३० बजेसम्म ११ हजार ७ मत पुगेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख ९ हजार १२२ रहेको छ। मतदानका लागि ४५ मतदान स्थल र १२७ मतदान केन्द्र रहेका छन्।
कैलाली–४ मा बिहान १०:३० बजेसम्म ५.२७ प्रतिशत मतदान भएको छ। १०:३० बजेसम्म ६०१९ मत पुगेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख १५ हजार १४३ रहेको छ। मतदानका लागि ५७ मतदान स्थल र १३६ मतदान केन्द्र छन्।
कैलाली–५ मा बिहान १०:३० बजेसम्म ५.६४ प्रतिशत मतदान भएको छ। यहाँ १०:३० बजेसम्म ६२३८ मत खसेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख १० हजार ५३९ रहेको छ। मतदानका लागि ३९ मतदान स्थल र १२८ मतदान केन्द्र रहेका छन्।
जिल्लाभर कुल ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्। मतदानका लागि २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र तोकिएका छन्। हालसम्म जिल्लाभर १०:०० बजेसम्म २९ हजार ८०८ मत खसेकोमा १०:३० बजेसम्म ३८ हजार ४९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
