आइसीसी टी–२० विश्वकप २०२६ : सुपर ८ अन्तर्गत आज दुई खेल

द एभरेष्ट पोष्ट
१० फागुन २०८२ १२:१३
आइसीसी टी–२० विश्वकप २०२६ : सुपर ८ अन्तर्गत आज दुई खेल

काठमाडौं- आइसीसी टी–२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत दुई खेलहरु हुँदैछन् । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामा सुपर ८ अन्तर्गतको समूह ‘बी’ अन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । शनिबार पाकिस्तान र न्यूजिल्यान्डको खेल वर्षाको कारण रद्द भएको हो ।

आज दुई खेलहरुमा समूह ‘बी’ अन्तर्गतको दोस्रो खेल श्रीलंका र इङ्ल्यान्डले खेल्दै छन् । यो खेल दिउँसो ३ः१५ मा सुरु हुनेछ । समूह ‘ए’ अन्तर्गत भने पहिलो खेल आज हुँदैछ । पहिलो खेलमा भारत र दक्षिण अफ्रिकाले खेल्दै छन् । यो खेल नेपाली समयानुसार ७ः१५ मा सुरु हुनेछ ।

२० टोली सम्मिलित टी–२० विश्वकपको समूह चरणको खेलहरु सकिएको हो । समूह चरणबाट प्रत्येक ४ समूहबाट शीर्ष २ ले सुपर ८ मा स्थान बनाएका थिए । समूह ‘ए’ बाट भारत र पाकिस्तानले सुपर ८ मा स्थान बनाएका हुन् । समूह ‘बी’ बाट जिम्बावे र श्रीलंका, समूह ‘सी’ बाट वेष्ट इन्डिज र इङ्ल्यान्ड र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्यान्ड सुपर ८ पुगेका हुन् । सुपर ८ मा पुगेका आठ टोलीलाई दुई  समूहमा विभाजन गरी खेलहरु खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस