प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच भेटवार्ता

द एभरेष्ट पोष्ट
२३ माघ २०८२ १४:५४
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच भेटवार्ता

काठ्माण्डौ- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बिहीबार प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनका विषयमा छलफल भएको जनाइएको छ।

छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नुपर्ने विषयमा कुराकानी भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस