पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक भट्टराईको सचिवालयका अनुसार उनको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारकाक्रममा निधन भएको हो।
स्वर्गीय भट्टराईको आजै ११ बजेपश्चात पशुपति आर्यघाटमा रहेको विद्युत् शवदाह गृहमा अन्त्यष्टि गरिने सचिवालयले जनाएको छ।
