निर्वाचन तयारीका विषयमा गृहमन्त्री र आयोगबीच छलफल
काठमाडौं- प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगबीच छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे बिहीबार गृहमन्त्री अर्याल र आयोगका पदाधिकारीबीच छलफल भएको हो ।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत थिए ।
