राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा २३० मत खस्यो
बुटवल- राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा मध्यान्ह १२ बजेसम्म जम्मा २३० मत खसेको छ ।
प्रदेश सभा तर्फ महिला २७ र पुरुष ४० गरी जम्मा ६७ मत खसको छ, भने स्थानीय तह तर्फ महिला ६१ र पुरुष १०२ जम्मा १६३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
