विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधि सहभागी भएको दाबी
काठमाडौं,२८ पुस। महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका छन् । विशेष महाधिवेशन पक्षधरहरुले यस्तो दावी गरेका हुन् ।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।
महाधिवेशनबारे जानकारी दिन सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रचार संयोजक सुवास पोखरेलले महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ६३ प्रतिशत कटेको जानकारी दिए
उनले प्रतिनिधिहरु आउनेक्रम जारी रहेकोले त्यो संख्या ७० प्रतिशत पुग्ने पोखरेलले दावी गरे ।
संस्थापन पक्षका नेताहरुको उपस्थिति नरहेको महाधिबेशनमा शेखर कोईराला पक्षधर केही नेताहरु भने सहभागी छन् ।
संस्थापन पक्षधरहरुले विशेष महाधिवेशन अबैधानिक भएको बताईरहदा कोईराला भने पार्टी बिभाजन रोक्न मध्यमार्गी बाटोको खोजीमा जुटेका छन् ।
