काँग्रेस दास र लासहरुको पार्टी होईन्-महामन्त्री थापा
काठमाण्डौं, २८ पुस ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस दास र लाशहरुको पार्टी नभएको बताएका छन् ।
काठमाण्डौंमा भृकुटीमण्डपमा शनिवार शुरु भएको नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
यहाँ कुनै बा छैन्, जसले नबोल भन्दैगर्दा बोल्न छोड्ने कोही छैन् । काँग्रेस दास र लाशहरुको पार्टी होईन् थापाले भने, काँग्रेसमा प्रश्न मरेको छैन् । काँग्रेस जिउँदो मानिसहरुको पार्टी हो ।
संस्थापन पक्षको अनुपस्थिति रहेको विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले भने, हाम्रो कार्यक्रम हाम्रो पार्टीको सभापतिले उद्घाटन गरेको हेर्न चाहन्थ्यौ । हाम्रो कार्यबहाक सभापति यहाँ उपस्थित भएको हेन चाहन्थ्यौ । त्यसो हुन सकेन् ।
उनले जेनजी आन्दोलनपछि पार्टीलाई जोगाउन सभापति,कार्यबहाक सभापति र सिनियर नेताहरुलाई भेटेर आग्रह गरेपनि कसैले चासो नदिएकोले विशेष महाधिवेशन आयोजना गर्नु परेको बताए ।
उनले पार्टीमा सभापति र सदस्यको हैसियत एउटै भएकोले नेपाली काँग्रेसमा कोही सानो र ठूलो नभएको बताए ।
उनले देशभरीबाट उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरुको बैठकले गर्ने निर्णय आफूलाई मान्य हुने बताए । भने, यो महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने क्षमता राख्छ ।
उनले आफ्नो रगतमा गणेशमान र बीपीको रगत नभएपनि उनीहरुको साहस र बिचार भएको सुनाए । उनले भने, मेरो शरीरमा गणेशमानको रगत छैन् । बीपीको रगत छैन् । तर बीपीको बिचार छ । गणेशमानको साहस छ ।
उनले पार्टीको नेतृत्वबाट जेनजी आन्दोलनलाई वेवास्ता र अनदेखा गर्ने कार्य भएको आरोप लगाए ।
भाद्र २३ र २४ गते जेनजीहरुले मात्र होईन नेपालका लाखौ लाख नरनारीहरुले सडकमा आएर, घरमा बसेर रीस पोखेका हुन् । आक्रोश पोखेका हुन् । आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्, उनले अगाडि भने, कोसंग गरेका हुन् ? सरकारसंग । त्यो सरकामा को थियो, हामी थियौ । कोसंग व्यक्त ग¥यो, संसदसंग । त्यो संसदमा को थियो ? हामी थियौ । व्यक्तिगत रुपमा रिसाएको होईन् । हाम्रो कामसंग रिसाएको हो । भ्रष्टाचारसंग रिसाएको हो । कुशासनसंग रिसाएको हो । बेथितिसंग रिसाएको हो ।
उनले जेनजीहरु राजाको छोरा राजा हुने व्यवस्था फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीहरुको राज देखेर रिसाएको बताए ।
उनले जेनजीको मागलाई सम्बोधन गर्नु काँग्रेसको दायित्व भएको बताए ।
