‘Lumbini Marriott Resort & Spa’ निर्माणका लागि होटल व्यवस्थापन सम्झौता
काठमाडौं : लुम्बिनीमा Lumbini Marriott Resort & Spa निर्माणका लागि होटल व्यवस्थापन सम्झौता गरिएको छ। परियोजनाका प्रवर्तक निलडिग्री कन्स्ट्रक्सन र Marriott International बीच Global Hospitality Licensing S.A.R.L. मार्फत सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा Marriott International का Senior Vice President (Development–South Asia) नीरज गोविल, Vice President किरण एन्डिकोट, र जूही रोय लगायतका अधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरिएको उल्लेख छ।
यस परियोजनाअन्तर्गत लुम्बिनीमा अन्तर्राष्ट्रिय मापदण्डको वाटर रिर्सोट तथा स्पा संचालन गरिनेछ। रिसोर्टमा वाटर फाउन्टेन, वाटर शो, म्युजिकल फाउन्टेन, 3D वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट, वाटर स्पा लगायतका गतिविधि समेटिने विज्ञप्तिमा उल्लेख छ।
रिसोर्टलाई वातावरणमैत्री बनाउने उद्देश्यले यसलाई Green Certification (Gold) प्राप्त हुने लक्ष्य लिइएको छ। वातावरण संरक्षण, ऊर्जा–दक्ष प्रणाली, पानी व्यवस्थापनजस्ता अभ्यासमार्फत यो प्रमाणपत्र लिने तयारी गरिएको विज्ञप्तामा जनाइएको छ। साथै, नेचुरोथेरापी र अर्गानिक उपचार प्रवर्द्धन गर्दै Organic Five Star Wellness Luxury Resort का रूपमा विकास गर्ने योजना पनि समेटिएको छ।
परियोजनाले स्पोर्ट्स टुरिज्म प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। बहुआयामिक खेल तथा स्वास्थ्य पर्यटनलाई एकै ठाउँबाट प्रवर्द्धन गर्ने गरी मल्टी–स्पेसालिटी रिसोर्टको अवधारणा अघि बढाइएको छ। साथै, लुम्बिनीको सांस्कृतिक तथा धार्मिक पहिचान जोड्न बुद्ध थिम पार्क, मिनी स्तूप, मिनी बुद्ध संग्रहालय, मेडिटेशन जोन र सांस्कृतिक केन्द्र निर्माण गरिनेछ।
रिसोर्टको सञ्चालन व्यवस्थापनका लागि Vice President–Operations and Assets Development विजयनन्मरन सन्मुगम नेतृत्वमा कार्य अगाडि बढाइने विज्ञप्तामा उल्लेख छ। परियोजनाबाट लुम्बिनी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी, आन्तरिक तथा बाह्य पर्यटन वृद्धि, स्थानीय उत्पादनको उपयोग र समग्र प्रदेशको आर्थिक क्रियाकलापमा टेवा पुग्ने अपेक्षा लिइएको छ।
