सोमवार रातिदेखि सामाजिक सञ्जालमाथिको बन्देज फुकुवा

द एभरेष्ट पोष्ट
२४ भदौ २०८२ ७:३५
सोमवार रातिदेखि सामाजिक सञ्जालमाथिको बन्देज फुकुवा

काठमाडौँ, २४ भदौ ।
१९ जनाको मृत्यु र पाँच सय भन्दा बढि जेन जी प्रदर्शनकारीको मृत्युपछि सरकारले सामाजिक सञ्जालमाथिको बन्देज फुकुवा गरेको छ ।

बिहीवारदेखि सामाजिक सञ्जालका प्लेटफर्ममा बन्देज लगाएको सरकार सोमवार राति आफ्नो निर्णयबाट पछि हटेको हो ।

सामाजिक सञ्जालमाथि बन्देज लगाउने सरकारको कदमको बिरोधमा उत्रिएका जेन जीको प्रदर्शनमा प्रहरीले गोली चलाउदा सोमवार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन जीको मागअनुसार सामाजिक सञ्जाल खुल्ने बताएका थिए । यद्यपि उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजिनामा नदिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस