साफ यू-१७ मा दोस्रो जितको खोजीमा नेपाल, आज भारतसँग भिड्दै
काठ्माण्डौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू-१७ च्याम्पियनसिपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समयअनुसार बेलुका ६ बजेदेखि सुरु हुने हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ ।
नेपाल तीन अङ्कका साथ तेस्रो स्थानमा छ । अंकविहीन भुटान चौथो स्थानमा छ । ९ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।
तालिकाअनुसार नेपाल यही १५ भदौमा भुटानसँग भिड्ने छ । तीन खेलमा हार बेहोरिसकेको नेपाल दुई खेलअगावै उपाधि दौडबाट बाहिरिएको छ ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
एनपीएल दोस्रो संस्करणमा एनसेलले फेरि ‘पार्टनर बाइ’को साझेदारीलाई निरन्तरता दिने
२४ कार्तिक २०८२ १४:४२
