चारदेशीय टी–२० शृङ्खला : हङकङसँग पहिले बलिङ गर्दै नेपाल

द एभरेष्ट पोष्ट
२९ चैत २०८१ ११:२५
चारदेशीय टी–२० शृङ्खला : हङकङसँग पहिले बलिङ गर्दै नेपाल

काठमाण्डौ : हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली हङकङ खेल्दै छन् ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको छ । प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा  नेपालको  ४ अङ्क छ । यसअघि आज बिहान भएको खेलमा  कुवेतले कतारलाई हराएर नेपालसँग अङ्क बराबर गरेको छ ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ । दोस्रो र तेस्रो स्थानको लागि पनि भोलि नै खेल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस