त्रिकोणात्मक टि-ट्वान्टी सिरिज : चौथो हार सँगै उपाधि जित्ने सम्भावना सकियो

काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० आई शृंखलाको चौथो खेलमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको छ।
कीर्तिपुरस्थित खेल मैदानमा मंगलबार भएको खेलमा नेपाल ५ रनले पराजित भएको हो। यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ।
थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर २० ओभरमा जम्मा १०१ रन मात्रै बनाउन सक्यो।नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन्। अन्य खेलाडी खासै चल्न सकेनन्।
नेपाल अहिलेसम्म नेदरल्यान्ड र थाइल्यान्ड दुवैसँग २/२ पटक पराजित भइसकेको छ।
उपाधिका लागि भने थाइल्यान्ड र नेदरल्यान्ड भिड्ने छन्।