अमेरिकामा राष्ट्रपतिको प्रारम्भिक मत गणनामा ट्रम्पको अग्रता कायम

द एभरेष्ट पोष्ट
२१ कार्तिक २०८१ २:११
अमेरिकामा राष्ट्रपतिको प्रारम्भिक मत गणनामा ट्रम्पको अग्रता कायम

न्यूयोर्क, ५ नोभेम्बर ।
अमेरिकामा राष्ट्रपतिका लागि भएको निर्बाचनको प्रारम्भिक मत गणनामा डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् ।

प्रारम्भिक मत गणनामा राष्ट्रपतिका उम्मेदवार ट्रम्पले १५४ र कमला ह्यारिसले ३० वटा ईलेक्ट्रोरल भोट प्राप्त गरेकी छन् ।
अमेरिकाका  स्वीङ्ग राज्य,  जसलाई युद्धभूमि राज्यका चिनिन्छ । ती राज्यहरु, पेन्सेलभेनिया, मिसिगन, विक्सकान्सन, नेभादा, जर्जिया, एरिजोना, नर्थ क्यारोलिना, नेब्रास्काको नतिजाले जित हारको टुंगो लगाउनेछ । ट्रम्प र ह्यारिसबीच यी राज्यहरुमा कडा प्रतिस्पर्धा भईरहेको छ ।

अमेरिकाका कूल ५३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २७० इलेक्ट्रोल आवश्यक छ । ३३३ मिलियन जनसंख्या र २४४ मिलियन योग्यदाता रहेको अमेरिकामा मंगलवार(आज) राष्ट्रपति पदका लागि निर्बाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस