एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले लाखौँ मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय संकट निरन्तर बढ्दै गएको चेतावनी दिएका छन् ।
दुई एजेन्सीहरूले संयुक्त विज्ञप्ति मार्फत यस वर्ष पाँच वर्ष मुनिका ३७ लाख बालबालिका कुपोषणको जोखिममा रहेको जनाउदै उनीहरुले पर्याप्त सहयोग सहायता प्राप्त नगरेमा रोगहरूबाट मर्ने सम्भावना ११ गुणाले बढ्ने चेतावनी दिएका छन् ।
विशाल चुनौतीहरूको बावजुद, युएनएचसीआर र युनिसेफले सुडानका प्रभावितलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई नवीकरण गरी आपतकालीन आश्रय र पानी , शिक्षा, स्वास्थ्य सेवा र मनोसामाजिक समर्थनलगायतका आधारभूत सेवाहरू प्रदान गरिरहेका छन् ।
सन् २०२३ अप्रिल १५ मा सुरु भएको सुडानको द्वन्द्वले आन्तरिक वा वाह्य रुपमा एक करोड दश लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ भने लाखौँलाई भोकमरीको सँघारमा धकेलेको जसमा आधिकांश महिला तथा बालबालिका रहेका छन् ।