मनमोहक बडीमालिका (फोटो फिचर)

बडीमालीका मन्दिर परिसरबाट नजिकै देखिने सुन्दर हिमाश्रृखलाको दृश्यले मनलाई निकै आन्नदीत तुलाउछ । बडीमालीकाको विशेषता अर्थात सौन्र्दय भनेकै यहाँका विशाल फाँटहरु हुन् ।
बडीमालीका मन्दिर सम्म पुग्नलाई बाटोहरु निकै अप्ठायारो रहेको छ । तर मन्दिर पुगेपछीको सुन्दर दृश्यहरुले भने सबै अप्ठयाहरु भुलाउने गर्दछ ।बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्दछ ।
बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।बडीमालीका सम्म पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजनहरु तथा पर्यटकले खानपिन तथा बासको आफै ब्यबस्थापन गर्नुपर्दछ ।
तस्वीरहरु : सृष्टि रेग्मी