ट्रम्प प्रशासनले राखेका सर्त हार्वर्ड विश्वविद्यालयद्धारा अस्वीकार

एजेन्सी । संसारकै पुरानो र प्रतिष्ठितमध्ये एक शैक्षिक संस्था हार्वर्ड विश्वविद्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पका चेतावनी र धम्कीका बाबजुद उनले अघि सारेका नयाँ सर्तहरू अस्वीकार गरेको छ ।

ट्रम्प प्रशासनको तर्फबाट विश्वविद्यालयलाई स्वास्थ्य तथा मानवीय सेवा मन्त्रालयका महानिर्देशक सियान केभेनेले अप्रिल ११ मा ५ पेज लामो एक पत्र पठाएका थिए । विश्वविद्यालयले संघीय अनुदान कोषबाट रकम प्राप्त गर्ने नीतिगत सुधारका सर्त पूरा गर्नुपर्ने भन्दै २.३ बिलियन डलरको अनुदानको रोक्का गरिएको थियो ।

अमेरिकी विश्व विश्वविद्यालयले संघीय सरकारको कोषबाट उल्लेखनीय रकम अनुदान प्राप्त गर्दछन् । सन् २०२३ मा त्यस्तो रकम ६० बिलियन डलर थियो । हार्वर्डले मात्रै ९ बिलियन डलर प्राप्त गरेको थियो ।
तत्काल निकास हुनुपर्ने २.३ बिलियन डलर रोक्का गर्नुका साथै, बार्षिक अनुदान र करमुक्त संस्थाको हैसियतसमेत खारेज गर्ने चेतावनी उक्त पत्रमा थियो ।

राष्ट्रपति ट्रम्प आफैँले पनि विश्व विद्यालयको सार्वजनिक आलोचना गर्ने गरेका छन् ।  विश्वविद्यालयले ‘समानता, विविधता र समावेशिता’ का नाममा ‘लेफ्ट–लिवरल’ सोचलाई बढाबा दिने गरेको ट्रम्पको आरोप छ छ ।

हावर्ड विश्वविद्यालय सन् १६३६ मा अमेरिका स्वतन्त्र राज्य हुनुभन्दा १४० वर्षअघि स्थापित देशकै पुरानो उच्च शिक्षण संस्था हो । इतिहासमा विश्वविद्यालले संघीय सरकारबाट यस प्रकारको चेतावनी र धम्की सामना गर्नु परेको भने यो पहिलोपटक हो ।

हार्वर्ड विश्वविद्यालयको अनुदान बजेट रोक्ने र करमुक्त संस्था सुविधा खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले विश्व नै आश्चर्यचकित भएको छ ।

हार्वर्ड विश्वकै सबैभन्दा धनी विश्वविद्यालय हो । यसको वार्षिक बन्दोबस्ती कोष ५३ बिलियन डलर छ ।

अमेरिकी सरकारमा विभिन्न अंग र निकायमा हार्वर्ड उत्पादनहरूको ठूलो संख्यामा उपस्थिति छ । विश्वका २०२ देशमा हार्वर्डका विद्यार्थी तथा पूर्वविद्यार्थी छन् । ट्रम्प प्रशासनको धम्कीलाई तिनले मन पराएका छैनन् ।

हार्वड समकालीन विश्वमा सबैभन्दा धेरै अनुसन्धान, खोज र आविष्कार गर्ने विश्वविद्यालय पनि हो । गणित, विज्ञान, अन्तरिक्ष, सुचना प्रविधि, औधषि विज्ञान र सैन्य उपकरणआदिका खोज तथा आविष्कार यहाँ भएका छन् ।

विश्वविद्यालयले ट्रम्प प्रशासनका सर्त ‘प्राज्ञिक स्वतन्त्रता तथा स्वायक्तता’ विपरित भएको भन्दै अस्वीकार गर्ने निर्णय लिएको हो । हार्वर्ड प्रोफेसर तथा राजनीतिशास्त्री राइन इनोसका अनुसार ट्रम्प प्रशासनको धम्की ‘उच्च शिक्षामाथि अधिनायकवादी आक्रमण हो ।’

ट्रम्प प्रशासनको विशेष आपत्ति भने विश्व विद्यालयको भर्ना नियम र विदेशी विद्यार्थीहरुको उल्लखनीय संख्यामाथि केन्द्रित देखिन्छ । अप्रिल ११ को पत्रमा ‘समानता, विविधता र समावेशिता’ को साटो ‘योग्यतापत्रको एकल आधार’ मा भर्ना लिइनु पर्ने उल्लेख छ ।

साथै, ‘अमेरिकी मूल्य प्रणालीप्रति शत्रुतापूर्ण दृष्टिकोण राख्ने’ विदेशी विद्यार्थीलाई भर्ना लिन नहुने सर्त राखेको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिएको र अमेरिकी संघीय कोष अनुदानको फाइदा अमेरिकीलाई भन्दा बढी विदेशीलाई भएको आरोप लगाएको हो ।

सधै, ट्रम्प प्रशासनले अघि सारेका सर्तमा विदेशी विद्यार्थी र विदेशी संस्थाहरूबाट हुने डोनेसनको अभिलेख बुझाउनु पर्ने र विदेशबाट विश्वविद्यालयमा आउने अनुसन्धनकर्ता, अतिथि र अन्य कुनै प्रयोजनले आएका मानिसको अभिलेख समेत मागेको छ । विदेशी विद्यार्थीले अमेरिका कानुनको उल्लंघन गरे नगरेको पनि अभिलेखित हुनुपर्ने छ ।

हार्वर्ड निर्णयको प्रभाव अन्य विश्वविद्यालयमा समेत परेको छ। कोलम्बिया विश्वविद्यालयले समेत ट्रम्प प्रशासनका शर्तहरू मान्न अस्वीकार गरेको छ ।

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १ सय ४३ जनाको मृत्यु

किन्सासा- डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् । यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो ।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ । उनले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन् ।

डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ ।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए ।

प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

काठमाडौं- संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने निर्णय गरेको छ।

इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गरेको थियो। पेन्टागनका प्रवक्ता सीन पार्नेलले रक्षा सचिवको निर्देशनअनुसार सैनिक फिर्ता र सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु भएको बताए।

‘यो निर्णयपछि सिरियामा अमेरिकी सैन्य उपस्थिति क्रमशः घटाइनेछ,’ उनले भने। तर, आईएसविरुद्ध आक्रमण र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायम रहेको उनले स्पष्ट पारे।

सन् २०१४ मा आईएसले आक्रामक गतिविधि सुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनालाई सहयोग गर्दै आतंकवादीविरुद्ध अभियान चलाइएको थियो। यस क्रममा अमेरिकी सेनाले लडाइँमा भाग लिएको र हजारौँ सैनिक तथा कर्मचारी सहयोगमा खटिएका थिए।

सन् २०१७ को डिसेम्बरमा इराकी प्रधानमन्त्रीले आईएसमाथि विजय घोषणा गरेका थिए। सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले आईएसको गढ कब्जा गरेपछि पराजय घोषणा गरिएको थियो। केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु अझै सक्रिय रहेकोले अमेरिकी सेनाले समय–समयमा कारबाही जारी राखेको छ।

काश्मिरमा शक्तिशाली भूकम्प

काठमाडौँ । शनिबार भारतको काश्मिरमा शक्तिशाली भूकम्प गएको छ । दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस गरिएको थियो ।

आजै भारतमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । बिहान आसाममा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।  भूकम्पका कारण भएकाे मानवीय वा भौतिक क्षतिबारे समाचार आउन बाँकी छ ।

खेल हुन नसकेपछिअफगानिस्तान विश्वकपमा, नेपाल रोकियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्ध भएको छ ।

मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने तालिका रहेको थियो ।

वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।

नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।

आफ्ना पछिल्ला तीन वटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो ।

कांग्रेस-एमालेबीच सत्ता साझेदारीमा समस्या छैन, सरकार पनि ढल्दैन : गृहमन्त्री

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दल कांग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले दुई दलबीच सत्ता साझेदारीमा कुनै समस्या नभएको र सरकार पनि नढल्ने स्पष्ट पारेका हुन् ।

सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ, ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’ पछिल्लो समयमा संविधानसँगै संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।

संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रवृत्तिलाई राजनीतिक रूपमा जवाफ दिनुका साथै सरकार कानुनबमोजिम अघि बढ्ने उनले बताए ।

अमेरिकी हवाई हमलामा परी यमनमा ७४ जना मारिए

एजेन्सी – अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

आक्रमणमा १२५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ ।

रेड सी र एडेनको खाडीमा रहेका असैन्य पानीजहाज र सैन्य जहाज माथिको आक्रमणलाई अन्त्य गर्न सकियोस् भनी वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ ।
विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण शुुरु गरेका थिए । इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको जनाएको छ ।

अमेरिकी आक्रमणपछि रास इसा तेल बन्दरगाह आक्रमणमा कम्तीमा ५० जना कामदार र कर्मचारीहरू घाइते भएका छन् ।

क्यानडामा गोली हानाहानमा मारिइन् भारतीय छात्रा

काठमाडौँ :  क्यानडामा भएको गोली हानाहानमा एक भारतीय छात्राको मृत्यु भएको छ।  टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासका अनुसार दुई सवारीसाधनका मानिसबीच गोली हानाहान हुँदा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्यु भएको हो।

भारतीय महावाणिज्य दूतावासले एक्समा पोस्ट गर्दै भनेको छ, ‘हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट अत्यन्त दुःखी छौँ।’ तर घटनाको विस्तृत जानकारी दूतावासले दिएको छैन।  दूतावासका अनुसार उनी निर्दोष थिइन्। उनको हत्याका विषयमा मुद्दा अनुसन्धान भइरहेको छ।

मृतकको परिवारसँग सम्पर्कमा रहेको उल्लेख गर्दै भारतीय दूतावासले सबै सहयोग गरिरहेको बताएको छ। ह्यामिल्टन प्रहरीले पनि विज्ञप्ति जारी गरी यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ

कानुनी प्रावधान उल्लंघन गरिएको भन्दै डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। गभर्नर नियुक्तिको प्रक्रियामा कानुनी प्रावधानको उल्लंघन गरिएको भन्दै शुक्रबार सर्वोच्च प्रशासनमा पुरक रिट निवेदन दर्ता गरिएको हो।

भट्टले कार्यकारी निर्देशक पदबाट शुक्रबार राजीनामा दिए पनि त्यो स्वीकृत भइसकेको छैन। त्यसै दिन दर्ता गरिएको रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थालाई बेवास्ता गर्दै नेताहरूको सहमतिमा नियुक्ति गर्न खोजिएको आरोप लगाइएको छ।निवेदकहरूको दाबीमा कानुनी प्रक्रिया छोडेर गरिएको यस्तो कार्यले सुशासन ऐनको मर्मविपरीत प्रभाव पार्ने उल्लेख गरिएको छ।

यसअघि २ वैशाखमा दर्ता गरिएको मूल रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेका व्यक्तिहरूलाई नियुक्तिको प्रक्रियामा सहभागी नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ। आइतबारका लागि त्यस आदेशको छलफलसमेत तोकिएको छ, जसमा डा. भट्टविरुद्धको पुरक रिट पनि समावेश हुनेछ।

अभिनेत्री नीति शाहले गरिन् विवाह

काठमाडौं । अभिनेत्री तथा मोडल नीति शाहले विवाह गरेकी छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन्।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा भएको उनीहरूको विवादको दर्ता प्रमाण पत्र भने प्रक्रियामा छ। नीति र यचित पछिल्ला केही महिनादेखि प्रेम सम्बन्धमा थिए।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ बनेकी नीतिका  ‘खजुरे ब्रो’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आइसकेका छन्।  ‘नरसिंहा अवतार’ भने जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ।

अमेरिकाले केही दिनभित्रै युक्रेन युद्धविरामबारे निर्णय गर्ने

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा वासिङ्टनले युक्रेन युद्धविराम सम्भव छ कि छैन भनेर चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।

उनले बोर्गेट विमानस्थलमा पत्रकारहरूसँग भने, “हामीले अब केही दिनभित्रै यो काम गर्न सकिन्छ कि सकिँदैन मुल्याङ्कन गर्नु आवश्यक छ, किनभने यदि त्यसो भएन भने मलाई लाग्छ कि हामी अन्य योजनाका साथ अगाडि बढ्नेछौँ ।”

“यदि युद्धविराम सम्भव भएन भने हामीले ध्यान दिनुपर्ने अन्य प्राथमिकताहरू पनि छन् ।”

विदेशमन्त्री रूबियोले भने, “अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र हामी यसको अन्त्य चाहन्छौं, तर यो हाम्रो युद्ध होइन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता शुरु गर्न सहमत भएपछि युक्रेन र युरोपेली सहयोगीहरूलाई बेवास्ता गरेका छन् भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।

युद्ध अन्त्यका लागि ट्रम्पको प्रयास असफल भएको छ र पुटिनले पूर्ण युद्धविरामको खण्डन गरेका छन् ।

रुबियोले युरोपेली अधिकारीहरूले बिहीबार भएको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक’ बनेको बताएका छन् ।

“हामी चाहन्छौँ उनीहरूले वार्तामा समन्वयकारी भूमिका खेल्नेछन् । मेरो विचारमा बेलायत, फ्रान्स र जर्मनीले हामीलाई वार्ता अघि बढाउन मद्दत गर्न सक्छन् र त्यसपछि यसलाई समाधानको नजिक पुर्याउन सकिन्छ,” उनले भने ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली मुलुकहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उनले बताए ।

उनले भने, “रुसविरुद्धको प्रतिबन्धको एउटा हिस्सा र यदि यो सम्झौताको भाग हो भने तीमध्ये धेरै युरोपेली प्रतिबन्धहरू हुन् जसलाई हामी हटाउन सक्दैनौं।”

युरोपेली मुलुकहरूले गत महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए । एजेन्सी

 

शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई साँझ भेट्दै

काठमाडौं :  शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो ।

‘प्रधानमन्त्रीले ७ बजेको समय दिनु भएको छ । हाम्रो माग मुद्दाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँछौं,’ महासंघका महासचिव तुलाबहादुर थापाले भने । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको छ ।

‘आन्दोलनको समीक्षा गर्न र प्रधानमन्त्रीसँग राख्ने कुराको छलफल गर्न बैठक बस्न लागेका हौं,’ उनले भनिन् । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ ।

शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेको छ । तर शिक्षकहरू आश्वस्त भएका छैनन् ।

 

नेपाल राष्ट्र बैंकका गर्भनर बन्न कार्यकारी निर्देशकबाट दिए भट्टले राजिनामा

काठमाण्डौं, ५ बैशाख ।
सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नरमा सहमती जुटेपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजिनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच आफूलाई गर्भनर बनाउने सहमती भएपछि भट्टले कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका हुन् । उनले कायम मुकाम गभर्नर निलम ढुंगाना तिम्सिनालाई राजिनामा बुझाएका हुन् ।

राजनैतिक नेतृत्वले राजिनामा दिन सुझाव दिएपछि कार्यकारी निर्देशक पदबाट आफूले राजिनामा दिएको द एभरेष्ट पोष्टलाई जानकारी दिए ।

भट्टको राजिनामा स्वीकृत भएको जानकारी भने प्राप्त नभएको स्रोतले बतायो । ढुंगाना स्वयम गभर्नरको दौडमा थिईन् । ढुंगानाले राजिनामा स्वीकृत नगरेपनि डा.भट्टलाई गभर्नर नियुक्त गर्न कुनै बाधा हुनेछैन् ।

सरकारले सम्भवत सोमवारको मन्त्री परिषदको बैठकबाट डा. भट्टलाई गभर्नर नियुक्त गर्ने छ ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

एचआईभी संक्रमितहरु भन्छन् : ‘रोगले होइन, विभेदले मार्थ्यो’

धनगढी ।  समयका पुराना पाना पल्टाएर हेर्दा बाँकेकी गौमती दुःख र अप्ठ्यारा दिन मात्रै भेट्छिन् । नभेटून् पनि किन, २५ वर्षकै उमेरमा उनले श्रीमान गुमाइन् । त्यसपछि त तीन वर्षको छोरा एक्लै हुर्काउने जिम्मेवारी उनको काँधमा आइपर्‍यो ।

यतिसम्म त उनले सहेकै थिइन्, तर जब उनले श्रीमान् जुन रोगसँग जुधेर मृत्यु भोगेका थिए, त्यही रोग आफूलाई पनि लागेको थाहा पाइन् तब उनका निम्ति सारा संसार अँध्यारो भएजस्तो भयो । गौमती दम्पतीलाई लागेको साझा रोग थियो–एचआईभी ।

रोगसँग जुध्ने थोरै साहस र आँट उनले बटुल्दै थिइन् तर समाजले गर्ने दुर्व्यवहार, आफन्ती र छरछिमेकीको बदलिँदो व्यवहारले उनलाई झनै धेरै चोट थप्यो । २८ वर्षको उमेरमा आफूलाई पनि एचआईभी लागेको थाहा पाएकी गौमती अहिले ४८ की भइन् । अहिले त उनलाई पुराना घाउमा खाटा बसेजस्तो भएको छ । किनकि गौमती आफैं एचआईभी संक्रमितलाई समाजमा पुन:स्थापित गर्ने अभियानमा होमिएकी छिन् । उनको एउटै कामना छ, ‘मैले जस्तो चोट र अपमान कसैले सहनु नपरोस् ।

पुराना दिन सम्झिँदै गौमतीले सुनाइन्, ‘मान्छेले भन्थे, छुनु पनि हुँदैन । सर्छ भनेर संक्रमितसँग नजिक जान पनि डराउँथे ।’ उनको मन सबैभन्दा धेरै त्यतिबेला दुख्थ्यो, जतिबेला मानिसहरू उनको छोरालाई पनि छुन डराउँथे, दुर्व्यवहार गर्थे । चाडबाडमा आफन्तले नबोलाउने, माइतीको ढोका बन्द गर्ने, टोल समाजमा कसैसँग बोल्ने साथी नहुने जस्ता समस्या गौमतीले वर्षौंसम्म भोग्नुपर्यो । उनले समाजको बहिष्करण झेलिरहेकी थिइन् । सानो छोरालाई पनि दुर्वाच्य बोल्दै एक्लाउन खोजे पनि उनको मन भाँचियो । आरोप बढ्न थालेपछि उनले छोराको पनि परीक्षण गरिन् । धन्न, छोरामा एचआईभी संक्रमण देखिएन ।

एकल महिला, त्यहीमाथि एचआईभी भएकै कारण भोग्नुपर्ने दुर्व्यवहार । ती दिन साँच्चै उनका निम्ति कठिन थिए । ०६३ सालमा उनी बिरामी परिन् । उपचारका निम्ति तीन महिनासम्म अस्पताल बस्नुपर्ने भयो । तर त्यतिबेला पनि उनले कसैको सहायता पाइनन् । त्यही उपचारका बेला उनले भेरी अस्पतालमा कार्यरत डा. जिरा सार्कीलाई भेटिन् । उनैबाट गौमतीलाई थाहा पाइन्, एचआईभी संक्रमितको अधिकारको पक्षमा काम गर्ने संस्था पनि छन् । ०५९ सालमा सुदूरपश्चिममा राष्ट्रिय एचआइभी एड्स महासंघ (एनएपीएन) स्थापना भइसकेको थियो । डाक्टर जिराले भनेपछि उनी संस्थामा जोडिइन् । अनि यही संस्थाकै सहारामा कैलाली आइपुगिन् ।

बाँकेबाट कैलाली आए पनि उनलाई समस्याले छाडेन । समाज त उस्तै थियो । त्यो दिन सम्झिँदै गौमतीले सुनाइन्, ‘कैलाली आएपछि मेरो समस्या झन् बढ्यो । एचआईभी लागेको भन्ने थाहा पाएपछि कति घरबाट निकाले । हामीलाई गर्ने व्यवहार त कुकुरलाई पनि गर्दैन थिए ।’

समाजको चरित्र जस्तो भए पनि उनी भित्रभित्रै बलियो भइसकेकी थिइन् । उनले कैलालीमा लामो समय महासंघको कोर्डिनेटरका रूपमा काम गरिन् । एचआईभी संक्रमितका हक हितका लागि लडिन् । संक्रमितलाई समाजमा बस्न सहज बनाउन होस् वा उनीहरूको मनको बह सुनेर आत्मविश्वास भर्न उनी हरदम सक्रिय भइन् ।

गौमतीले नेपालगन्ज छोडेको १८ वर्ष बित्यो । कैलाली पुगेर उनले छोरा हुर्काइन् । बिहे गरिन् । माईतसँग सम्पर्क टुटेको १९ वर्षपछि उनलाई भाइ खोज्दै आए । संक्रमित भएपछिका झन्डै दुई दशकको गौमतीको अनुभवमा एचआईभी संक्रमितप्रति समाजले गर्ने व्यवहारमा बदलाव त आएको छ । तर अपमान र हेला गर्ने प्रवृत्ति अझै निमिट्यान्न भइसकेको छैन ।

गौमतीकै जस्तो अनुभव छ- टीकापुरका गौतमको पनि । १५ वर्षअघि ३२ वर्षको उमेरमा संक्रमण पुष्टि भए पनि उनी लामो समय गुपचुप बसे । परिवार र समाजले आफ्नो रोग थाहा पाउला भनेर उनी हरदम सर्तक मात्रै भएनन्, औषधिसमेत खाएनन् । लक्षण बढ्दै गएपछि २०७२ सालमा उपचार सुरु गरे । तर त्यसपछि उनले समाजबाट झनै धरै अपमान भोगे । उनले सुनाए, ‘मैले मात्र होइन, मेरो परिवारले पनि उस्तै विभेद भोग्यो ।’नियमित औषधि सेवनले गौतम अहिले शारीरिक रूपमा कमजोर महसुस गर्दैनन् । तर उनको आत्मविश्वास खुस्काउन भने समाजले बेलाबखत हेलाहोचोको व्यवहार गरिरहन्छ ।

सुस्तरी बदलिँदैछ समाज

एचआईभी संक्रमितको ठूलो संख्या भएको सुदूरपश्चिममा यस क्षेत्रमा काम गर्ने थुप्रै संस्था यो बीचमा आउने-जाने गरे । राष्ट्रिय एचआईभी एड्स महासंघ सुदूरपश्चिमका प्रदेश सुपरभाइजर हेमन्त ओझा अहिले पनि सुदूरपश्चिममा यस क्षेत्रमा काम गर्ने १५ वटा संस्था क्रियाशील रहेको बताउँछन् । यी संस्थाले एचआईभी संक्रमणबारे समाजको बुझाइ बदल्न जनचेतना बढाउनेदेखि निःशुल्क औषधि, स्वास्थ्य बिमा, संक्रमित एकल महिलाका बालबालिकालाई निःशुल्क शिक्षा जस्ता विषयमा काम गरिरहेका छन् ।

दर्जनौं गैरसरकारी संस्था र सरकारी पहलका बाबजुद पनि एचआईभी संक्रमितबारे समाजमा अझै पनि गलत बुझाइ रहेको बताउँदै गौमतीले समाज पूरै बदलिन बाँकी रहेको बताइन् । उनी भन्छिन्, ‘संक्रमित खुल्न थालेका छन् । अनि सार्वजनिक रूपमा उनीहरूमाथि भेदभाव हुन छोडेको छ ।’

एन्टिरेट्रोभाइरल थेरापी (एआरटी)एचआईभीको उपचार गर्न प्रयोग गरिने औषधिको संयोजन जसले भाइरसको प्रतिकृतिलाई दबाएर रोगको प्रगतिलाई रोक्ने काम गर्छ । साथै एचआईभी सर्ने जोखिमलाई पनि कम गर्छ । सँगै सुगर र प्रेसरको औषधि पनि सेवन गरिरहेकी गौमती समाजले गर्ने व्यवहार र परिवारको प्रेमले पनि एचआईभी संक्रमितहरुको जीवनमा ठूलो अर्थ राख्ने बताउँछिन् ।

सेती प्रादेशिक अस्पतालबाट अहिले १ हजार ३७ जनाले एआरटी सेवा लिइरहेका छन् । अस्पतालको एआरटी शाखा प्रमुख लोकराज पनेरु औषधिको सहज उपलब्धता, शिक्षाको पहुँच र एचआईभी एड्ससम्बन्धी विभिन्न अभियान तथा जनचेतनामूलक कार्यक्रमका कारणले समाजको धारणा बदलिँदै गएको बताउँछन् । उनले भने, ‘अस्पतालमा आउने कुनै पनि संक्रमितले अहिले विभेद भोगेको गुनासो सुनाउँदैनन् ।’ उनले सरकारले बिरामीका लागि निःशुल्क औषधि, स्वास्थ्य बिमालगायतका थुप्रै सेवा सुविधा दिए पनि उनीहरूका बालबालिकाको शिक्षामा सहयोग गर्न नसकेको बताए । उनले भने, ‘माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भए पनि सरकारले निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्छ ।’

घटदैछन् संक्रमित

सरकारी र गैरसरकारी संस्थाहरुको निरन्तरको पहलका कारण सुदूरपश्चिममा एचआईभी संक्रमितको संख्या घट्दै जान थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार परीक्षण गराएका कुल संख्यामा संक्रमण दर कम देखिन थालेको छ । त्यस्तै एचआईभी संक्रमितको मृत्युदर पनि घटिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९१ हजार ४४ जनामा परीक्षण गरिएकोमा ३ सय २५ जनामा संक्रमण देखिएको थियो । यो वर्ष ७९ जना एचआईभी संक्रमितको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७९/८० मा १ लाख ४४ हजार ६ सय ४९ जनामा परीक्षण गरिएकोमा २ सय ५२ जनामा एचआईभी संक्रमण देखियो । यो वर्ष ६४ जना एचआईभी संक्रमितको मृत्यु भयो । आर्थिक वर्ष ०८०/८१ मा १ लाख ११ हजार १ सय ४९ जनाको एचआईभी परीक्षण गरियो । जसमा २ सय १८ जनामा एचआईभी संक्रमण पुष्टि भयो भने यो वर्ष पनि ६४ जना संक्रमितको मृत्यु भयो ।

आर्थिक वर्ष ०८१/८२ मा ३ हजार ३ सय २ जनामा परीक्षण गरिएकोमा ७० जनामा एचआईभी संक्रमण देखियो ।

स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत मनोज ओझाले संक्रमणदर र मृत्युदर संख्यात्मक रूपमा उस्तैउस्तै जस्तो देखिए पनि केही मात्रामा घटेको बताए । उनले र हाल सुदूरपश्चिमका १८ वटा एआरटी केन्द्रबाट झन्डै तीन हजार सात सय जनाले एआरटी सेवा लिइरहेको बताए । पहाडी जिल्लाबाट औषधि लिन सदरमुकाम आउनु पर्ने बाध्यताले टाढाका बिरामीलाई समस्या हुने गरेको उनको भनाइ छ । प्रदेश सरकारले यातायातको व्यवस्था गरिदिए बिरामीलाई राहत हुने उनले बताए ।

सरकारले चालेका कदम

सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकारले एचआईभी संक्रमण न्यूनीकरण गर्न विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने गरेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८१/८२ मा पोषण तथा शिक्षा सहयोगबापत १५ लाख, स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिमका लागि ६ लाख, मेसिन र सामग्रीमर्मत तथा जिन एक्सपर्ट साइटका लागि ३ लाख र एचआईभी केन्द्रमा कार्यरत मेडिकल अफिसर तथा हेल्थ असिस्टेन्टट, एआरटी काउन्सिलरलाई आधारभूत तथा रिफ्रेसर तालिम ५ लाख गरी जम्मा २९ लाख बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष ०८०/८१ मा पनि एचआईभी संक्रमित बालबालिकाको लागि पोषण तथा शिक्षा सहयोग (प्रतिमहिना ५०० रुपैयाँका दरले) १६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको थियो । यो रकमबाट प्रदेशभर २ सय २७ संक्रमित बालबालिकाले लाभ लिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सरकारले एचआईभी संक्रमितका लागि स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । जसबाट संक्रमितका परिवारले निःशुल्क औषधि र वार्षिक १ लाख बराबरको स्वास्थ्य उपचार खर्च पाउने गर्छन् । सुदूरपश्चिमका ९५ प्रतिशत एचआईभी संक्रमितले बिमा सेवा लिइरहेका छन् । बाँकी पाँच प्रतिशतमध्ये केही रोजगारीका सिलसिलामा भारत रहेका र केही भारतीय नागरिक भएकाले बिमामा आबद्ध हुन नसकेको स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत ओझाले बताए ।

सुदूरपश्चिमका कतिपय स्थानीय तहले पनि एचआईभी संक्रमण रोकथाम तथा बिरामी संरक्षणका क्षेत्रमा रकम विनियोजन गरेका छन् । कैलालीको गोदावरी,टीकापुर, गौरीगंगा, भजनी, लम्कीचुहा नगरपालिका, डोटीको शिखर नगरपालिका, पूर्वीचौकी,सायल,बडीकेदार गाउँपालिका, अछामको मेल्लेख, ढकारी, चौरपाटी गाउँपालिका, अछामकै मंगलसेन नगरपालिका, बैतडीको पाटन नगरपालिका गरी सुदूरपश्चिमका १६ स्थानीय तहले कूल ६३ लाख ७६ हजार ९ सय ८५ रुपैयाँ विनियोजन गरेका छन् ।

यीमध्ये धेरै पालिकाहरुले ८०/८१ बाट बजेट विनियोजन गरेका हुन् भने कैलालीको लम्की चुहा नगरपालिकाले भने ५ वर्ष यता निरन्तर रकम छुट्याउँदै छ । गोदावरी नगरपालिकाले विगत तीन वर्षदेखि रकम छ्ट्याउँदै आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक जनक अवस्थीले बताए । उनले नगरपालिकाले वडामार्फत एचआईभी संक्रमित समूहसँग छलफल गरेर उनीहरूको माग र आवश्यकताअनुसार रकम खर्च गरिरहेको बताए । डोटीको बडीकेदार गाउँपालिकाले भने छुट्याएको रकम वार्षिक रूपमा २० हजारका दरले बिरामीलाई उपलव्ध गराउँदै आएको छ । बडीकेदारका जनस्वास्थ्य निरीक्षक योगेन्द्र शाहीका अनुसार पोषण, तथा उपचार खर्चका नाममा सो रकम वितरण हुने गरेको बताए ।

स्थानीय तहले छुट्याएका बजेटले सबै समस्याको समाधान नगरे पनि एचआईभी संक्रमतिलाई सजिलो बनाएको स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत ओझाले बताए । उनले सरकारले कोटा सिस्टम बनाएर एचआईभी संक्रमितका बालबालिकाको शिक्षामा पहुँच बढाउन आवश्यक रहेको बताए ।

(माथि प्रयोग भएका दुवै संक्रमितको नाम र ठेगाना उनीहरूकै अनुरोधमा परिवर्तन गरिएको हो )

चीनद्वारा ‘रेअर अर्थ’ धातु र चुम्बक निर्यातमा अङ्कुश, अप्ठ्यारोमा अमेरिका

 सिङ्गापुर : संयुक्त राज्य अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ चर्किँदा दुवैले एकअर्कामथि सामान आयात गर्दा चर्को शुल्क लगाएको विषयमा धेरैको ध्यान केन्द्रित भएको छ। तर वाशिङ्टनलाई जबाफ दिन चीन केवल करमा मात्र सीमित छैन।

चीनले ‘रेअर अर्थ’ वर्गमा पर्ने निकै महत्त्वपूर्ण खनिज पदार्थहरू र चुम्बकको निर्यातमा अङ्कुश लगाएपछि अमेरिका अप्ठ्यारोमा परेको छ।

बेइजिङको कदमले अमेरिका ती खनिज पदार्थमा कति परनिर्भर रहेछ भन्ने उदाङ्गो भएको छ।

यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो वाणिज्य मन्त्रालयलाई त्यस्ता खनिज पदार्थको उत्पादन बढाउन र आयातमा भर पर्ने अवस्था हटाउन निर्देशन दिए।

‘रेअर अर्थ’ पदार्थको महत्त्व के हो र तिनले जारी व्यापार युद्धलाई कसरी प्रभावित पार्न सक्छन् त?

‘रेअर अर्थ’ के हो, केमा प्रयोग हुन्छ

रासायनिक समानता भएका १७ वटा तत्त्वहरू ‘रेअर अर्थ’ वर्गमा पर्छन्। विभिन्न हाइ-टेक अर्थात् उन्नत प्रविधिका सामग्री उत्पादन गर्न यी तत्त्वहरू अत्यावश्यक हुन्छन्।

प्रकृतिमा यी तत्त्वहरू पर्याप्त मात्रामा हुन्छन्।

तर हतपत विशुद्ध अवस्थामा नपाइने भएकाले तिनलाई दुर्लभप्रायः मानिन्छ र तिनलाई निकाल्ने प्रक्रिया पनि निकै हानिकारक हुन्छ।

त्यसैले ती पदार्थलाई दुर्लभ अर्थ लाग्ने ‘रेअर’ भनिएको हो।

तपाईँ नीओडिमिअम, यिट्रिअम र युरोपिअमजस्ता नामसँग परिचित नहुन पनि सक्नुहुन्छ। तर तिनको प्रयोग गरेर निर्माण गरिएका वस्तुहरू तपाईँले प्रयोग गर्दै आउनुभएको हुन सक्छ।

उदाहरणका लागि, लाउडस्पीकर, कम्प्युटरका हार्ड ड्राइभ, विद्युतीय सवारीसाधन र जेट विमानका इन्जिनमा नीओडिमिअम प्रयोग गरिएको हुन्छ।

उक्त तत्त्वले ती वस्तुलाई सानो आकारमै बढी प्रभावकारी हुन सघाउँछ।

यिट्रिअम र युरोपिअम टेलिभिजन र कम्प्युटरका स्क्रीन बनाउन प्रयोग गरिन्छ। स्क्रीनमा राम्ररी रङ्ग ‘डिस्प्ले’ गर्न यी तत्त्वको भूमिका महत्त्वपूर्ण हुन्छ।

“तपाईँले स्विच थिचेर खोल्न र बन्द गर्न मिल्ने सबै साधनहरू ‘रेअर अर्थ’ तत्त्वबाट चलेका हुन सक्छन्,” जिन्जर इन्टरन्याश्नल ट्रेड एन्ड इन्भेस्ट्मन्टका निर्देशक टामस क्रूमर भन्छन्।

लेजर शल्यक्रिया र एमआरआई स्क्यानजस्ता चिकित्सकीय महत्त्वका प्रविधिको उत्पादनमा पनि रेअर अर्थ पदार्थहरू अत्यावश्यक हुन्छन्। प्रतिरक्षा प्रणालीमा प्रयोग हुने मुख्य प्रविधिमा पनि यी पदार्थहरूको ठूलो महत्त्व छ।

चीनको वर्चस्व कसरी कायम भयो

रेअर अर्थ पदार्थहरूको उत्खनन र अरू खनिज पदार्थबाट छुट्ट्याएर गरिने प्रशोधनमा चीनको एकाधिकारजस्तै छ।

विश्वभरि उत्पादन हुने ‘रेअर अर्थ’ पदार्थमध्ये चीनले ६१ प्रतिशत गर्ने र त्यसमध्ये उसले ९२ प्रतिशत पदार्थ प्रशोधन गर्ने आकलन अन्तर्राष्ट्रिय ऊर्जा निकाय ‘आईईए’ ले गरेको छ।

सन् २०२३ मा प्रशोधित 'रेअर अर्थ' पदार्थको उत्पादन. . .

अर्थात् विश्वभरि हुने ‘रेअर अर्थ’को आपूर्तिमा चीनको वर्चस्व छ। उससँग ती पदार्थहरू कसलाई दिने वा कसलाई नदिने भन्ने क्षमता छ।

यी पदार्थको उत्खनन र प्रशोधन गर्ने दुवै प्रक्रिया निकै महँगा छन्। ती प्रक्रियाबाट वातावरण पनि प्रदूषित हुन्छ।

रेअर अर्थ पदार्थका सबै स्रोतहरूमा विकिरणयुक्त तत्त्वहरू पनि हुन्छन्। त्यसैले ईयूमा संलग्न र अन्य देशहरू ती पदार्थ उत्पादन गर्न अनिच्छुक देखिन्छन्।

“उत्पादन गर्दा उत्पन्न हुने विकिरणयुक्त फोहोरलाई सुरक्षित, नियमसम्मत र स्थायी रूपमा विसर्जन गर्नुपर्छ। अहिले ईयूमा उपलब्ध सबै विसर्जनस्थलहरू अस्थायी हुन्,” क्रूमर भन्छन्।

यद्यपि रेअर अर्थ पदार्थको आपूर्तिमा चीनको वर्चस्व एकैदिनमा कायम भएको हैन। दशकौँ अघिदेखि सरकारले लिएको नीति र गरेको लगानीको प्रतिफल स्वरूप अहिले चीन यो स्थितिमा आइपुगेको हो।

इनर मङ्गोलियास्थित बायन ओबो सहरनजिकै एउटा खानीतिर जाने बाटोमा गुडिरहेको ट्रक।

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,इनर मङ्गोलियाको बायन ओबो खानीमा ‘रेअर अर्थ’ धातुहरूको ठूलो भण्डार छ

“मध्यपूर्वसँग तेल छ, चीनसँग रेअर अर्थ पदार्थहरू छन्,” चीनका तात्कालिक नेता दङ शिआओपिङले सन् १९९२ मा इनर मङ्गोलियाको भ्रमण गर्दा भनेका थिए। उनले चीनको आर्थिक सुधारको नेतृत्व गरेका थिए।

यूकेको यूनिभर्सिटी अफ बर्मिङ्गममा कार्यरत शोधार्थी ग्याभिन हार्पर चीनले बिसौँ शताब्दीको अन्त्यतिर रेअर अर्थ पदार्थहरूको उत्खनन र प्रशोधन गर्ने क्षमता बढाउन थालेको बताउँछन्। उनका अनुसार अरू देशको तुलनामा चीनले अवलम्बन गर्ने पर्यावरणीय सुरक्षाको मापदण्ड र श्रमिकलाई दिने खर्च निकै कम छ।

“त्यसबाट उनीहरूलाई अरू प्रतिस्पर्धीले भन्दा सस्तोमा बेच्न र उत्खनन तथा प्रशोधनदेखि चुम्बकजस्ता तत्काल प्रयोग गर्न मिल्ने सामानको उत्पादनसम्म लगभग आफ्नो एकाधिकार कायम गर्न सजिलो भयो।”

चीनले ‘रेअर अर्थ’ खनिज पदार्थ निर्यातमा कस्तो रोक लगाएको हो

वाशिङ्टनले लगाएका विभिन्न ट्यारिफ अर्थात् अतिरिक्त आयात शुल्कहरूको प्रत्युत्तर दिने क्रममा चीनले यो महिनाको सुरुतिर सातवटा ‘रेअर अर्थ’ पदार्थको निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दियो। प्रतिरक्षा क्षेत्रमा अत्यावश्यक मानिने रेअर अर्थमध्ये पनि “हेभी” अर्थात् गह्रँगा तत्त्वको आपूर्तिमा चीनले कडाइ गरेको थियो।

‘लाइट रेअर अर्थ’ पदार्थहरूभन्दा कम पाइने भएकाले र तिनको प्रशोधन पनि कठिन हुने भएकाले ‘हेभी रेअर अर्थ’ पदार्थहरू बढी मूल्यवान् हुन्छन्।

चीनले एप्रिल ४ देखि सबै कम्पनीहरूले ‘रेअर अर्थ’ पदार्थ र चुम्बकहरू देशबाहिर पठाउने हो भने विशेष निर्यात अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

चीनले परमाणुअस्त्र अप्रसार सन्धिमा हस्ताक्षर गरेको छ। त्यसैले उससँग “दुईथरी प्रयोग गर्न सकिने सामग्री”को व्यापारमा नियन्त्रण गर्न पाउने अधिकार छ।

सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टरन्याश्नल स्टडीज (सीएसआईएस)का अनुसार चीनबाहेक अरूसँग ‘हेभी रेअर अर्थ’ पदार्थ प्रशोधन क्षमता नभएकाले यसबाट अमेरिका अप्ठ्यारोमा परेको छ।

रेअर अर्थ धातुहरू पाइने चीनको नान्चङस्थित एउटा खानीमा काम गर्दै एक मजदुर

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,चीनको नान्चङस्थित खानीमा रेअर अर्थ धातुहरू पाइन्छ

अमेरिकालाई कस्तो असर

‘यूएस जिअलजिकल’को एउटा प्रतिवेदनका अनुसार सन् २०२० देखि २०२३ सम्म अमेरिकाले आफूले आयात गरेका ‘रेअर अर्थ’ यौगिक र धातुमध्ये ७०% का लागि चीनमा निर्भर थियो।

यसबाट पनि चीनले लगाएको अङ्कुशबाट अमेरिकामा कस्तो असर परेको छ भन्ने बुझ्न सकिन्छ।

‘हेभी रेअर अर्थ’ पदार्थ सैन्य प्रयोजनका लागि विशेष गरी क्षेप्यास्त्र, रेडार र स्थानीय चुम्बकहरूमा प्रयोग गरिन्छ।

सीएसआईएसको एउटा प्रतिवेदनका अनुसार चीनले अमेरिकाभन्दा “पाँचदेखि छगुना तीव्र गतिमा आफ्नो अस्त्रशस्त्र उत्पादन विस्तार गर्दै अनि उन्नत अस्त्र प्रणाली तथा उपकरणहरू भित्र्याउँदै” गरेको अवस्थामा ‘रेअर अर्थ’ पदार्थहरूको निर्यातमा रोक लागेको हो।

“अमेरिकी प्रतिरक्षा उद्योममा पर्ने प्रभाव ठूलो हुने छ,” क्रूमर भन्छन्।

असर प्रतिरक्षा क्षेत्रमा सीमित छैन।

ट्रम्पले आयात शुल्क बढाएर सुधार्न खोजेको सरसामान उत्पादन उद्योगहरू पनि नराम्ररी प्रभावित हुने देखिन्छ।

“सामान ढुवानी रोकिँदा र सीमित उपलब्धताका कारण उत्पादकहरूले, विशेष गरी प्रतिरक्षा र उन्नत प्रविधिको क्षेत्रमा, सम्भावित अभाव र सामान उत्पादनमा विलम्बजस्ता समस्या खेप्नुपर्ने छ,” डा हार्पर भन्छन्।

चीनको जेजाङ प्रान्तस्थित एउटा कारखानामा विद्युतीय ऊर्जाबाट चल्ने सवारीसाधन जडान गर्दै कामदाहरू

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,विद्युतीय सवारीसाधनका इन्जिनका लागि चाहिने चुम्बक बनाउन पनि ‘रेअर अर्थ’ वर्गका धातुहरूको आवश्यकता पर्छ

“महत्त्वपूर्ण ‘रेअर अर्थ’ पदार्थहरूको मूल्य बढ्ने ठानिएको छ। त्यसो हुँदा स्मार्टफोनदेखि सैन्य सामानसम्म बनाउन प्रयोग हुने वस्तुको मूल्य तत्काल बढ्न सक्छ,” उनी भन्छन्। त्यसबाट प्रभावित अमेरिकी कम्पनीहरूले सामान उत्पादन गर्ने गति घट्न सक्छ।

चीनले लामो समयसम्म आपूर्ति रोके अमेरिकाले अरू आपूर्तिकर्ता खोज्न सक्छ र आफ्नो आन्तरिक उत्पादन र प्रशोधन गर्ने क्षमता बढाउने प्रयास गर्न सक्छ। तर त्यसका लागि ठूलो र दीर्घकालीन लगानी र प्राविधिक सुधार आवश्यक गर्नुपर्ने हुन्छ। यद्यपि चीनबाट किन्दाभन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ।

ट्रम्पले यो कुरा बुझेका छन्। यो साता उनले त्यस्ता महत्त्वपूर्ण पदार्थहरूको परनिर्भरताका कारण राष्ट्रिय सुरक्षामा पर्ने खतराबारे अनुसन्धान गर्न निर्देशन दिएका छन्।

के अमेरिकाले ‘रेअर अर्थ’ उत्पादन गर्न सक्दैन

अमेरिकामा रेअर अर्थ पदार्थको एउटा खानी सञ्चालित अवस्थामा छ। तर अमेरिकासँग उत्खनन गरेका पदार्थहरू छुट्ट्याउने र प्रशोधन गर्ने क्षमता छैन। अमेरिकाले कच्चा पदार्थ प्रशोधन गर्न चीन नै पठाउनुपर्छ।

पहिला केही अमेरिकी कम्पनीहरूले रेअर अर्थ धातुका चुम्बकहरू उत्पादन गर्थे। सन् १९८० को दशकसम्म ‘रेअर अर्थ’ पदार्थ उत्पादन गर्ने शीर्ष स्थानमा अमेरिका थियो।

तर चीनमा उत्पादित पदार्थको परिमाण धेरै र लागत मूल्य कम भएपछि ती कम्पनीहरूले काम बन्द गरे।

ट्रम्पले चीनसँग भएको निर्भरता हटाउनका लागि युक्रेनसँग खनिज सम्झौता गर्न चाहेको ठानिन्छ।

ट्रम्पले ग्रीनल्यान्डमाथि आँखा गाड्नुको अर्थ पनि त्यहाँ ‘रेअर अर्थ’ तत्त्वहरूको ठूलो भण्डार हुनु हो। ट्रम्पले डेन्मार्कको स्वामित्वमा भएको उक्त स्वायत्त भूभागमा आफ्नो नियन्त्रण कायम गर्न चाहेको कुरा बारम्बार बताएका छन्। बीबीसी नेपाली 

 

भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले अमेरिकाले डिपोर्ट गरेपछि झापा पुगेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

ती चार जना भुटानीलाई अमेरिकाले डिपोर्ट गरी भुटान पठाएको थियो । त्यहाँबाट भागेर उनीहरू झापास्थित बेलडाँगी शरणार्थी शिविर आएका थिए । नेपाल प्रहरीले उनीहरूलाई सो शिविरबाट पक्राउ गरेको थियो ।

डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकको गर्भनर हुने पक्का, प्रधानमन्त्री ओली सहमत

काठमाण्डौं, ४ बैशाख ।
अन्ततः लामो रस्साकस्सीपछि स्वच्छ छविका अर्थतन्त्रका ज्ञाता नेपाल राष्ट्र बैंकको गर्भनर हुने पक्का भएको छ ।

कुनै पनि स्वार्थ समूह र बिचौलियाले नबोकेका र स्वच्छ छविका अर्थतन्त्रका ज्ञाता डा. गुणाकर भट्टलाई प्रधानमन्त्री केपी शर्मा ओली गभर्नर बनाउन सहमत भएका छन् ।

डा. भट्टलाई गभर्नर बनाउन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गरेको प्रस्तावमा प्रधानमन्त्री ओलीले सहमती जनाएका छन् ।

द एभरेष्ट पोष्टसंगको कुराकानीमा नेपाली काँग्रेसका सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओली र पार्टी सभापति देउवाबीच डा. भट्टलाई गभर्नर बनाउने सहमती भएको बताए । डा. भट्टलाई गभर्नर बनाउने लगभग सहमती भएको छ, देउवाले भने, अन्तिम बैठकबाट सबै कुराको टुंगो लाग्ने छ ।

नेपाली काँग्रेसका सभापति देउवाले शुरुदेखि नै डा. भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री ओलीलाई जोड दिदै आएका थिए । प्रधानमन्त्री ओली भने आफू निकट व्यक्तिलाई गभर्नर बनाउन चाहन्थे ।

नेपाली काँग्रेसका सभापति देउवाको अडानपछि प्रधानमन्त्री ओली डा. भट्टलाई गभर्नर बनाउन सहमत भएका हुन् ।
गभर्नरको दौडमा रहेका सबै व्यक्तिहरुमध्ये स्वच्छ छवि र अर्थतन्त्रका ज्ञाताका रुपमा डा. भट्ट चिनिन्छन् ।

गभर्नर नियुक्ति प्रकृयामा स्वार्थ समूह र बिचौलियाहरुले आर्थिक चलखेल गरिरहेको भएपनि प्रधानमन्त्री ओली निष्पक्ष तरिकाले स्वच्छ छविका डा. भट्टलाई गभर्नर बनाउन सहमत भएका हुन् ।

 

कञ्चनपुरमा विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना

कञ्चनपुरः विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउन नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ।

शुक्लाफाँटा नगरपालिकामा आयोजित तालिममा नौ वटा स्थानीय तहका विपद् व्यवस्थापन शाखाका कर्मचारी, नेपाली सेनाका जवान, नेपाल स्काउटका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका प्रतिनिधि, एनसिसी क्याडेट, सशस्त्र प्रहरीका जवान र नेपाल प्रहरीका विपद्सम्बन्धी कार्यमा संलग्न जवानहरूको सहभागिता छ।

तालिममा सहजीकरण नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेल, कालिरक्षा गण(ई) कैलालीका उपसेनानी विदेश बजगाईं, श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले गरिरहनुभएको छ।

 

नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेलले तालिमका सहभागीलाई भूकम्पीय अवस्थाका बारेमा जानकारी दिए। उनले भूकम्प आउनु पूर्वको तयारी, भूकम्पीय जोखिमका कारण, पारिवारिक तथा सामुदायिक योजना, अल्पकालीन वस्तुको व्यवस्था, प्राथमिक उपचारका सामग्रीको व्यवस्था, सुरक्षित स्थानको पहिचान गर्ने तरिका, घरभित्रको सुरक्षित स्थान, घर बाहिरको सुरक्षित स्थान, अल्पकालीन सञ्चार सम्बन्धको योजनाबारे जानकारी गराए।

पौडेलले भूकम्प आएको बेला अपनाउनुपर्ने सावधानी, भूकम्प गयरहेका बेला गर्न नहुने कार्य, भूकम्प आएपछिको द्रुत खोजी, हेलिङ खोज विधिभित्र ठाउँको लागि भौतिक खोजकोस्वरूप, बहुकोठा खोजविधिलगायत विविध विषयमा जानकारी गराइएको बताए। घर निर्माण गर्दा मापदण्ड अनुरूप भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा उनले जोड दिए।

भूकम्पको जोखिका हिसाबले नेपाल विश्वमा ११औँ स्थानमा रहेको चर्चा गर्दै सेनानी पौडेलले भूकम्प जहिले पनि आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले पूर्व तयारी गरी सावधानी अपनाउनुपर्ने बताए। नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले प्राकृतिक, प्रविधिजन्य त्रुटि र मानवीय लापर्बाहीका कारण आगलागी र वन डढेलो लाग्ने गरेको बताए।

उनले आगलागीका घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, आगलागी भइहाले नियन्त्रण गर्ने उपायबारे तालिमका सहभागीलाई जानकारी दिएको बताए। कालिरक्षा गण(ई) बढैया कैलालीका उपसेनानी बजगाईंले सर्पदंश लागेमा के गर्ने र कसरी बच्ने भन्नेबारे जानकारी दिए।

उनले सर्पको इतिहासकाबारेमा चर्चा गर्दै नेपालमा पाइने विषालु सर्पका प्रजाति, सर्प पाइने स्थान, सर्पको टोकाइबाट बच्ने उपाय, सर्पदंशपश्चात् देखिने चिन्ह र लक्षण, उपचार विधिलगायतका बारेमा जानकारी दिनुभएको थियो। “सर्पदंश लागेमा झारफुक गर्ने धामी, झाँक्री र गुरुवा कहाँ लैजाने परिपाटी अझै विद्यमान छ, धेरै जनाको यसै कारणले ज्यान जाने गरेको छ”, बजगाईंले भने, “सर्पदंश लागेका व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन सकिए ज्यान जोगाउन सकिन्छ।”

तालिमका क्रममा उनले नेपालभर २३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका जानकारी दिए। “केन्द्रबाट हालसम्म १२ हजार बढी सर्पदंश लागेका व्यक्तिको उपचार गरेका छौँ”, उनले भने, “अहिलेको समय आहारा खोज्ने, प्रजनन गर्नेसँगै बढ्दो तापक्रमले सर्प दुलोबाट बाहिर निस्कने भएकाले सावधानी अपनाउनुपर्छ।”

टिकटकमा भाइरल हुनका लागि सर्पलाई असावधानीपूर्वक समात्न खोज्दा डस्ने सम्भावना प्रबल हुने भएकाले त्यसो नगर्न उनले आग्रह गरे। बुधवारदेखि सुरु भएको तालिम वैशाख ४ र ५ गतेसम्म सञ्चालन हुनेछ। आज बाढीजन्य प्रकोप, भान्सामा ग्यासबाट हुने आगलागी नियन्त्रण गर्ने तरिकाबारे सहभागीलाई जानकारी दिने नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्ण भट्टले जानकारी दिए।

उनका अनुसार तालिमको अन्तिम दिन विपद्जन्य घटनाबारे सर्वसाधारणलाई जानकारी गराउन कृतिम नमूना अभ्यासको कार्य गरिने छ। तालिममा समन्वय तथा व्यवस्थापनको कार्य शुक्लाफाँटा नगरपालिका र श्रीदल गुल्म भगतपुर ब्यारेकले गरिरहेको छ।

 

तीनकुने घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन : संसदीय समिति

काठमाडौं । प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिले तीनकुने घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकालेको छ ।

तीनकुनेमा चैत १५ मा राजावादीहरूको प्रदर्शनमा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको निष्कर्ष समितिले निकालेको हो । समितिले घटनाप्रति दु:ख व्यक्त गर्दै दोषीउपर आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मानवअधिकार नागरिकको नैसर्गिक अधिकार भन्दै समितिले भनेको छ, ‘संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा २५ मा सम्पत्तिको हक छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनहरूले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुग्न गई मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिको निष्कर्ष छ ।’

चैत्र १५ गते तीकुनेको घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो भने प्रदर्शन पनि हिंसात्मक भएको थियो । प्रदर्शनकारीहरूले  घर जलाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो भने घटनामा प्रहरीको गोली लागेर सबिन महर्जनको निधन भएको थियो । उक्त घटनामा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । प्रदर्शनमा प्रहरीले ११० राउन्ड गोली र ८४१ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

समितिले तीनकुने क्षेत्रमा आगामी दिनमा विरोध प्रदर्शन र धर्नाका लागि अनुमति नदिन निर्देशन दिएको छ । ‘तीनकुने स्थानको नजिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपाल आयल निगम जस्ता संवेदनशील क्षेत्र भएकाले आगामी दिनमा सो क्षेत्रमा सभा, विरोध, प्रदर्शन र धर्ना आदि कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ’ समितिको निर्णयमा भनिएको छ ।

समितिले गृहमन्त्री रेमश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी महानिरीक्षिक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायतसँग छलफल गरेको थियो ।

यो सरकार तत्काल ढल्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन्।

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे।

उनले भने, ‘तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ।’ उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए।

 

अमेरिकी उपराष्ट्रपति भान्स भारत आउँदै

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स अप्रिल २१ देखि चार दिने भारत भ्रमणमा आउने भएका छन् । यो जानकारी भारतीय विदेश मन्त्रालयका प्रेस सचिव र भान्सले दिएका हुन् । भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् । यस अवधिमा द्विपक्षीय वार्ता हुनेछ ।

विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो उपराष्ट्रपति भान्सको भारतको पहिलो भ्रमण हुनेछ । यस भ्रमणको क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन् ।”

मन्त्रालयले भन्यो, “उपराष्ट्रपति र उनको प्रतिनिधिमण्डलको दिल्लीमा अन्य कार्यक्रमहरू हुनेछन् । भान्सले अप्रिल २४ मा वाशिङ्गटन डीसी जानुअघि जयपुर र आग्राको पनि भ्रमण गर्ने कार्यक्रम छ । यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगति र प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा फेब्रुअरी १३ मा जारी गरिएको भारत-अमेरिका संयुक्त वक्तव्यको नतिजाको कार्यान्वयनको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ ।”

यसैबीच भान्सको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अप्रिल १८ देखि २४ सम्म इटाली र भारतको भ्रमणमा रहने बताएको छ ।

भान्सको भ्रमण यस्तो समयमा हुँदैछ, जब हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाहेक विश्वका अन्य देशहरूलाई पारस्परिक भन्सारबाट ९० दिनको राहत दिएका छन् ।

ट्रम्पले चीनबाहेक सबै देशहरूलाई ९० दिनको अस्थायी छुट दिँदै पारस्परिक भन्सारलाई समान रूपमा १० प्रतिशतमा घटाएका छन् । यस्तो अवस्थामा जेडी भान्सको भारत भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ ।

बंगलादेशद्वारा नेपाली सामग्री आयातमा रोक

काठमाडौं– बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालका विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ ।

आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार भारत र भुटानसहित नेपालका पनि केही सामग्री आयातमा रोक लगाएको हो । धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।

यो निर्देशन एनबीआरको भन्सार शाखाले जारी गरेको हो । सूचनाअनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ ।

भारतबाट भने डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दुध पाउडर, सुर्ती, रेडियो र टिभीको पार्टपुर्जा, साइकल र मोटरको पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामग्री, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडा आयातमा रोक लगाएको छ ।

यसमा भ्याटमा रजिस्टर भएका बिडी उत्पादक उद्योगहरूलाई भने सुर्तीको पत्ता आयात गर्न दिइने उल्लेख छ । यो सूचना तत्काल लागू हुने बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

कम्बोडिया । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन्ह पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन) ले जनाएको छ ।

स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमणपछि कम्कोडिया पुगेका हुन ।

बिहीबार नोम पेन्हको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए ।

राष्ट्रपति सी ले पूर्व नेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नु अघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो । नोम पेन्ह एसियामा चिनका भरपर्दो समर्थक हुन मानेटले सी को भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतिकको रुपमा वर्णन गरेका छन् ।

उनले दुई देश वीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताएका छन्। यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले “महत्त्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् । उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदैछन् ।

चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणा पछि विश्व व्यापी रुपमा यस विषयमा बहस र चर्चा भइरहेको छ ।

कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई “आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिवद्धता सहित पत्र लेखेका छन् ।

The healer of far-western Nepal

Dirgha Raj Upadhyay in Achham

Here in the mountains of far-western Nepal, the biggest threat to life and limb is gravity. Women collecting fodder fall from trees, boys grazing goats fall off cliffs, heavily loaded tractors plunge from dirt roads carved out of steep slopes.

There is nothing to be done about those who die on the spot. But for the severely wounded there is only one hospital: Bayalpata. And it is there that orthopaedic surgeon Mandeep Pathak is the last hope for many wounded people.

Pathak, 42, is too modest to tell us how many lives he has saved over the past 10 years he has worked at Bayalpata. But hospital records show he has performed more than 4,000 operations in the past decade, many of them so patients did not suffer permanent physical disabilities. Pathak also did 800 major life-saving surgeries in that time.

“I treat patients with injuries, but I wish I could also treat poverty,” Pathak says, emerging from Bayalpata’s surgical theatre one recent afternoon.

Sudurpaschim Province in Nepal’s far-west is far away from everything: from Kathmandu, from adequate medical care, from food security, and far from the reach of government services. It has suffered state neglect for centuries, its men mainly migrating to India for seasonal work to families who depend on subsistence agriculture.

Pathak remembers the searing sadness he felt when a patient once told him, “Doctor, I sold the last of my rice to pay to come here, please give me a medicine that I can take on an empty stomach.”

Pathak was born in Kathmandu, and after getting his MBBS from Kathmandu University, he got an MD from The Philippines. At a time when many Nepali doctors and staff nurses were emigrating, Pathak did not just return to Kathmandu but decided to go to one of the remotest districts in Nepal to serve those most in need.

The hospital was established in 2009 in the village of Bayalpata, and has been managed by the non-profit Nyaya Health Nepal (NHN) as a public-private partnership treating 100,000 patients a year for no fees at all. NHN is now preparing to hand over the running of the hospital to the Sudurpaschim provincial government so its model of hospital management can be replicated.

Bayalpata hospital
Bayalpata hospital in Achham.

People from not just Achham but surrounding districts, and from as far away as Humla, bring patients to Bayalpata, sometimes walking for days. Some with complicated pregnancies are brought in stretchers, young children with broken arms walk into the emergency, and sometimes there are mass casualties when a tractor or bus falls off a road.

And Pathak is always there with his team performing triage, and doing orthopaedic surgeries that would be difficult even in Kathmandu. Recently, his team did a hip replacement at Bayalpata Hospital.

Mild mannered, modest, soft-spoken, hard-working, professional are the words families of patients who have been treated at Bayalpata Hospital use to describe Mandeep Pathak. But the surgeon is too busy to let all this get to this head.

Asked why he does not emigrate like his peers or get a lucrative position at a private hospital in Kathmandu, Pathak answers simply, without a trace of self-importance, “I do not think I could get the satisfaction or sense of fulfilment anywhere else.”

When travelling to attend medical congresses overseas or visit family in Kathmandu, Bayalpata has other doctors to take care of patients, but many wait patiently till Pathak returns for their consultation or surgery.

When he returns from seminars abroad after learning the latest skills, Pathak’s suitcases are not full of clothes or presents, but titanium bone implants, external fixation rods, or intramedullary nails to be used in surgeries at Bayalpata.

surgery

Before Bayalpata Hospital was established, most people suffering broken bones had to travel down to Dhangadi or Nepalganj for treatment. No more. Although Pathak’s specialisation is orthopaedic oncology, he is mostly treating fractures and rejoining broken bones.

Now as Bayalpata’s Hospital Director, Pathak also has administrative and fundraising duties. He has to take the 10-hour ride down to Dhangadi often to meet various Sudurpaschim ministries to release the hospital’s budget — that is sometimes more difficult than the most complicated surgery.

Recently, he had to cancel an appointment with the Chief Minister to rush back to Bayalpata because there was a patient who needed emergency surgery. “I told myself, let me save this patient first, then I will try to save the hospital,” he recalls.

Once, when he had to be away for a month on emergency surgery training in the US, the family of a 90-year-old woman who had dislocated her hip after falling from a staircase was waiting for him to return.

Her son told Pathak: “Doctor, either put her out of her suffering, or cure her.” Pathak told him it was too dangerous to operate at her age, but the son said his mother was in so much pain it was worth the risk.

The operation was touch-and-go, but it was successful. The woman who had been brought in on a stretcher, walked out of the hospital three days after the operation.

A few months later, a 27-year-old woman was brought into the ER bleeding profusely from an arm mangled by a thresher machine. Even in that state, she was breastfeeding her baby. Pathak welled up seeing this display of selfless motherhood, as he wheeled her into surgery. She needed three operations, but now has full use of her hand.

It is the sense of achievement from such recovery that keeps Mandeep Pathak here in this isolated village in the middle of nowhere. Bayalpata Hospital has not just saved lives, it also saves families from poverty because they do not have to take sick relatives to expensive city hospitals.

In January, a woman was brought to Bayalpata with both hands broken. She said she had taken a fall, but Pathak did not believe her. When alone in the surgery, she finally admitted that her husband had beaten her.

It was her husband who had brought her to hospital for treatment, but she refused to file a police report. Pathak quietly put both her arms in casts, thinking about the poverty, patriarchy and injustice in society that he is unable to treat.

हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जीत

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो ।

हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेटायो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिव माथुरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका युवराज खत्रीले ४, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा यूएई र दोस्रो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले लिग चरणको चौथो तथा अन्तिम खेलमा आउँदो शनिवार अफगानिस्तानसँग खेल्नेछ । पाँच वटा टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।

ट्रम्पले चिनियाँ सामानमाथि लगाए २४५ प्रतिशत भन्सार कर

एजेन्सी । अमेरिका र चीनबीचको भन्सार करको युद्ध अझै रोकिएको छैन । यही क्रममा चीनमाथि अमेरिकाले थप १ सय प्रतिशत कर बढाएको छ । योसँगै अमेरिकाले चिनियाँ सामानमा लगाएको कुल कर २४५ प्रतिशत पुगेको छ ।

चीनले ११ अप्रिलमा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको थियो, जसको जवाफमा ट्रम्पले नयाँ कर लगाएका हुन् । करयुद्धकैबीच चीनले अमेरिकालाई दुर्लभ खनिज पदार्थ निर्यातमा रोक लगाएको छ भने अमेरिकी कम्पनी बोइङबाट जहाज ल्याउनसमेत रोकेको छ ।

चीनले अमेरिकी करविरुद्ध कदम चालेपछि अमेरिकाले चीनमाथि थप कर लगाएको हो । यसअघि चीनले अमेरिकाले लगाउने भन्सार शुल्कको जवाफ नदिने बताएको थियो । तर, अमेरिकाले फेरि ठूलो मात्रामा कर थोपरेपछि चीनले पनि जवाफी कर लगाउने सम्भावना बढेको छ ।

चीनले अमेरिकासँगको व्यापार युद्धसँग नडराउने बताउँदै आएको छ । ट्रम्प र सी चिनफिङमध्ये कसले पहिले व्यापार युद्ध रोक्न वार्ता अघि बढाउछन् भन्ने पर्ख र हेरको अवस्था छ । ट्रम्प पहिले चीनले वार्ता सुरु गर्नुपर्ने पक्षमा छन् भने सी पनि अमेरिकाले आफ्ना कदम फिर्ता लिनुपर्ने पक्षमा छन् ।

ट्रम्पले बल चीनको कोर्टमा रहेको भन्दै कुराकानी चीनले सुरु गर्नुपर्ने बताएको भोलिपल्टै कर बढाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले वार्ताबाट समस्याको समाधान चाहेको भन्दै दबाब बनाउन, धम्क्याउन छाड्नुपर्ने उल्लेख गर्दै चीनसँग बराबरी, सम्मान र आपसी हितका आधारमा कुरा गर्नुपर्ने बताएका छन् ।

पाकिस्तानमा वायुसेनाको विमान आकाशमै विस्फोट

एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ।  वायुसेनाको प्रशिक्षण विमानमा प्राविधिक खराबी आएपछि विस्फोट भएको थियो।

त्यसपछि विमान एक खेतमा खसेको छ। सेनाले जानकारी दिए अनुसार विमानमा सवार दुवै जना पाइलट भने सुरक्षित रहेका छन् । उनीहरू विमानबाट बाहिर निस्कन सफल भएका थिए । दुवैलाई नजिकैको एक सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरूका अनुसार पाकिस्तान वायुसेना (पीएएफ)को मिराज V ROSE नामक प्रशिक्षण विमान मंगलबार लाहोरबाट करिब ३५० किलोमिटर दक्षिणपश्चिमतर्फ पर्ने वेहारी जिल्लाको उपनगरीय क्षेत्र रत्ता टिब्बाका खेतमा दुर्घटनाग्रस्त भएको हो ।

विमानले वेहारी शहर नजिकैको थिंगी एयरपोर्टबाट नियमित प्रशिक्षण उडान भरेको थियो । तर, केही समयमै प्राविधिक खराबीका कारण एक तेल डिपो नजिकै दुर्घटनामा परेको जनाइएको छ ।

स्थानीयले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् । त्यसपछिको दृश्यमा खेतमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो । उद्धार टोली ११२२, सेना, प्रहरी र अन्य उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए ।

मिराज V ROSE फ्रान्सेली मिराज ५ को परिमार्जित संस्करण हो, जुन सन् १९७० को दशकदेखि पाकिस्तान वायुसेनाको सेवामा छ ।

रेट्रोफिट अफ स्ट्राइक एलिमेन्ट (ROSE) कार्यक्रममार्फत् यसको एभियोनिक्स र राडार प्रणालीमा सुधार गरिएको हो ।

देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं – सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ए तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई बाल भिटा पोषणयुक्त आहार दिइँदै छ ।  नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सकिन्छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

पोषण शाखाका प्रमुख लिला विक्रम थापाका अनुसार  देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । ‘हामीले ७५३ वटा स्थानीय तहमा बजेट पठाइसकेका छौं, थापाले अनलाइनखबरसँग भने,स्थानीय तहले आफूलाई पायक पर्ने जस्तै स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ए र जुकाको औषधि खुवाउनु हुनेछ ।

भिटामिन ए को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।पछिल्लो अध्ययनले पाँच वर्षभन्दा मुनिका बालबालिका मध्ये ११ प्रतिशतलाई भिटामिन ए कमी भएको देखिएको छ । यो जनस्वास्थ्य मध्यम समस्याको रुपमा रहेको छ । अझै पनि बालबालिका रगतको भिटामिनमा ए कमी छ, थापा भन्छन्, भिटामिन ए प्राप्त हुने स्रोत बालबालिकाले कम खाएको देखिन्छ ।

चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनीर, गिरीदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलजम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो वा नारंगी रंगका फलफूल भिटामिन ए का स्रोत हुन् ।

भिटामिन ए ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्छ । यो कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभर जिल्लामा सञ्चालन हुँदै आएको छ ।

खोज्नुहोस