शुक्लाफाँटा निकुञ्जभित्र च्याउ टिप्न गएका ३ जना भेटिए
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका ३ जना महिला सम्पर्कमा आएका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्।
उनीहरू गत आइतबारदेखि सम्पर्क बाहिर थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको बताए।
‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो। केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सुरक्षित रहेको खबर प्राप्त भयो,’ उनले भने।
साथै आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो।
उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ।
निकुञ्जमा च्याउ टिप्न गएका तीन महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न जाँदा सम्पर्कविहीन १७ जना महिलामध्ये १४ जना अझै सम्पर्कमा आउन सकेका छैनन्।
