सेयर बजारमा सुधार, पाँच अर्ब २६ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा मंगलबार (जेठ १९) करेक्सन देखिएको छ । बजार २२.२१ अंकले बढेको हो । योसँगै बजार सूचक २७७७.५८ विन्दुमा उक्लिएको छ । बजेटपछि सोमबार (जेठ १८) बजार करिब २७ अंक घटेको थियो ।
यस दिन १८३ कम्पनीको सेयर मूल्य बढ्यो । ७८ कम्पनीको सेयर मूल्य घट्यो । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर ६१ हजार ५२७ पटकमा किनबेच भएको हो ।
कालिञ्चोक हाइड्रो, सेन्ट्रल फाइनान्स, क्रेस्ट माइक्रोफाइनान्स, नेपाल रिइन्स्योरेन्स, गुर्खाज फाइनान्सलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।
समूहगत सूचकतर्फ म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह घटेको छ । बाँकी १२ समूह सूचक हरियो देखिएको छ ।
