सरकारको नीति तथा कार्यक्रममा भदौं २३ छ, २४ छैन : सांसद कँडेल
काठमाडौं : प्रतिनिधिसभाका सांसद पुष्पराज कँडेलले सरकारको नीति तथा कार्यक्रमले देश कुन दिशामा जाने भनेर केहि पनि बोल्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद कँडेलले सरकारको नीति तथा कार्यक्रम संविधानको मर्म अनुसार आउन नसकेको बताएका छन् ।
उनले अहिले १६ आवधिक योजना चलिरहेको जानकारी दिंदै सरकारको नीति तथा कार्यक्रममा यसको शब्द समेत नपरेको गुनासो गरेका छन् । उनले सरकार योजनावद्ध रुपमा जाने भन्ने कुरा नीति तथा कार्यक्रममा नदेखिएको बताउँदै योजना आयोगलाई एउटा थिंक ट्याङ्गका रुपमा मात्र लिइएको बताए ।
सांसद कँडेलले नीति तथा कार्यक्रममा शब्दहरु धेरै रहेको बताउँदै भदौ २३ को घटनाका बारेमा धेरै चर्चा रहेको बताउँदै भर्दौ २४ को विषयमा मौन रहेको बताएका छन् । उनले सरकारको १०० दिने प्रतिवद्धताको सातौं बुँदामा सात दिनभित्रमा भदौं २४ गतेको घटनामा छानविन आयोग बनाउने भनिएको भए पनि आज ४६ दिन बढी बितिसक्दा समेत त्यो हुन नसकिरहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा वैज्ञानिक चुरे उत्खनन्बारे उल्लेख भए पनि यसको प्रभाव र असरका विषयमा केहि नखोलिएको सांसद कँडेलले बताए ।
