स्थगित भएको संसद् बैठक शुरू
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक एक घण्टापछि शुरू भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नहुँदा विपक्षी दलहरूले विरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
तर, दलहरूबीच सहमति नहुँदा संसद् बैठक पुन: शुरू हुन समय लागेको हो ।
सभामुख अर्यालले बैठक सञ्चालनका लागि दलहरूसँग परामर्श गरेका थिए ।
आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्ने कार्यसूची थियो तर प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै विपक्षी दलले अवरोध गरेका थिए ।
